सशस्त्र प्रहरी बल, कृष्णनगरद्बारा ईनारमा खसेको गाई उद्बार
अजय मिश्र, कृष्णनगर, बैशाख १०
सशस्त्र प्रहरी बल कृष्णनगरले हिजो रात्रि इनारमा खसेको गाइको उद्धार गरेको छ।
कपिलवस्तु जिल्लाको कृष्णनगनर नगरपालिका वडा नं ४ रमवापुर स्थित सार्वजनिक पानीको ईनारमा सोही गाँउ बस्ने प्रकाश कुमार शर्माको गाईलाई कुकुरले लखेट्दा उक्त ईनारमा खसेको खवर प्राप्त हुनासाथ उक्त स्थानमा स.प्र.बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर, कपिलवस्तुबाट स.प्र.ना.नि. सन्तोष हमालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त विपद् उद्बारका सामाग्रीहरु सहित ७ जनाको टोली खटि गई नेपाल प्रहरी र स्थानियबासीहरुको संयुक्त प्रयासमा राती जिवित अवस्थामा गाई उद्बार गरिएको छ।
साथै विगतमा पनि विपद्का घटनामा सशस्त्र प्रहरी बलबाट विपद् सम्बन्धी विशेष तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारी खटिई उद्बार गरेको । सो सम्बन्धमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल...









