Monday, June 29
Shadow

समाचार

दक्षिण एसियाली ज्योतिष महासङ्घको बैठक आह्वान

दक्षिण एसियाली ज्योतिष महासङ्घको बैठक आह्वान

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
दक्षिण एसियाका ज्योतिषको साझा सङ्गठन दक्षिण एसियाली ज्योतिष महासङ्घले यही पुस २५ गते राजधानी काठमाडौँमा बैठक आह्वान गरेको छ । बैठकले विगतमा भए गरेका कार्यको समीक्षा गर्दै आगामी महाधिवेशको निर्णय गर्ने महासङ्घका महासचिव सुरेशप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ज्योतिष शास्त्रका विभिन्न मतान्तरमा एकरुपता ल्याउने, फरक–फरक देश र संस्कृतिबीच कार्य गरिरहेका ज्योतिषीको आपसी ज्ञान साटासाट गर्ने र वैदिक शास्त्रको महत्वलाई थप समयसापेक्ष बनाउन तालिम, अनुसन्धान तथा प्रशिक्षण गर्नेलगायत कार्य गरिरहेको संस्थाका सभापति लक्ष्मण आचार्यले बताउनुभयो । आगामी केन्द्रीय समितिको बैठकले नेपालमा रहेको केन्द्रीय कार्यालयलाई थप व्यवस्थित बनाउने र महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी छ । नेपाल, भारत, बङ्गलादेशलगायत देशबाट केन्द्रीय समितिका सदस्य तथा पदाधिकारी सहभागी हुने जना...
केन्द्रीय कार्यसमितिको पूर्ण बैठक फागुनमा :  राप्रपा

केन्द्रीय कार्यसमितिको पूर्ण बैठक फागुनमा : राप्रपा

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले फागुनको पहिलो साता केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ । बुधबार सम्पन्न केन्द्रीय कायसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको छ । बैठकले पौष २७ गते पृथ्वी जयन्ती देशका सबै जिल्ला कार्यसमितिको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय पनि गरेको छ । सो दिन  काठमाडौंको भृकुटीमण्डपबाट र्‍याली निकाल्ने निर्णय पनि पार्टी बैठकले गरेको छ । बैठकले प्रदेश सभा संसदीय दललाई नीतिगत र राजनीतिक निर्णय गर्नुअघि पार्टी केन्द्रसँग समन्वय गर्न निर्देशन पनि दिएको छ ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
बढ्यो ट्राफिक नियम उल्लंघनको जरिवाना , कुन कसुरमा कति जरिवाना ?

बढ्यो ट्राफिक नियम उल्लंघनको जरिवाना , कुन कसुरमा कति जरिवाना ?

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
 काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको कसुरमा हुने जरिवाना बढाएको छ। यसअघि न्युनतम ५०० नेपाली रुपैयाँबाट सुरु हुने जरिवाना अब १००० रुपैयाँबाट हुने भएको छ। क) रु.१००० देखि रु.१५०० सम्म जरिवाना हुने कसुरहरु: - दर्ता नगरी सवारी चलाएमा। - विदेशमा दर्ता भएको सवारी अनुमति नलिई चलाएमा। - बाटो इजाजतपत्र नलिई सार्वजनिक सवारीले यातायात सेवा संचालन गरेमा। ख) रु.१००० जरिवाना हुने कसुरहरु: - सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाएको। - सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेको। - दुर्घटनामा परेको सवारी तथा यात्रीको हानि नोक्सानी पुर्‍याएको/सम्पर्कमा नआएको। - मादक पदार्थ सेवन गरी सवारी चलाएको। - सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा। - सवारीमा वस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारण गरिएकोमा सो हद भन्दा बढ...
आजको मौसम  सफा

आजको मौसम सफा

ब्यानर समाचार, ब्यानर समाचार 2, मौसम, समाचार
प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १ कै हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । रातको समयमा पनि सोही मौसमी प्रणाली कायम हुने बताइएको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सुकुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको विभागले जनाएको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस एक दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधि...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
पुस २५ गते संसदको अधिवेशन बाेलाउने सरकारको निर्णय

पुस २५ गते संसदको अधिवेशन बाेलाउने सरकारको निर्णय

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
सरकारले संघीय संसदको अधिवेशन आह्वान गरेको छ । हिजो (सोमबार) बसेको नवगठित मन्त्रिपरिषदको बैठकले आगामी पुस २५ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्रीले शपथ र पदभार ग्रहण गरेपछि सोमबार बेलुकी मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो । बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने बारे पनि निर्णय गरेको बताएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले सरकारको औपचारिक निर्णय प्राप्त भएलगत्तै संसदको अधिवेशन आह्वान हुने जानकारी दिए।...
प्रचण्ड सरकारको पहिलो निर्णय : पासपोर्ट र लाइसेन्स लिन लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय

प्रचण्ड सरकारको पहिलो निर्णय : पासपोर्ट र लाइसेन्स लिन लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेलगत्तै सिंहदरबारमा बसेको पहिलो बैठकले विशेषगरी राहदानी र सवारी चालक अनुमतिपत्रका सम्बन्धमा देखिएको समस्या समाधान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्मा भएका निर्णयका बारेमा जानकारी दिनुहुँदै प्रधानमन्त्री दाहालले नै राहदानी र सवारी चालक अनुमतिपत्र लिन लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय भएको जानकारी दिए । प्रधानमन्त्री दाहालले भने, “राहदानी र सवारी चालक अनुमतिपत्रसम्बन्धी विषयमा लामालामा लाइन र नागरिकको जुन खालको पीडा देखिएको छ । त्यसलाई समयभित्रै नियन्त्रण गर्नेगरी प्रभावकारी ढङ्गले जनतालाई सेवा दिने निर्णय गरेका छौँ ।” नागरिकले सास्ती नपाऊन् भनेर सुशासनमा केन्द्रित भएको र सबैले सङ्कल्प गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने बारेमा पनि निर्णय गरेको छ । देशमा रहेका समस्या ...
महान्यायाधिवक्ता खातीद्वारा राजीनामा

महान्यायाधिवक्ता खातीद्वारा राजीनामा

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका हुन् । राजीनामा बुझाएसँगै महान्यायाधिवक्ता कार्यालयले उनलाई बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा उहाँले आफूले महान्यायाधिवक्ताका रूपमा काम गर्दा परिवारको सदस्यजस्तो भएर काम गरेको, आफूले सकेको काम गरेको र गर्नका लागि अधिकतम प्रयास गरेको बताउनुभयो । उहाँको कार्यकालमा खासगरी वीरगञ्ज र पाटनमा रहेको जग्गा महान्यायाधिवक्ता कार्यालयको मातहतमा ल्याउन सफल छ । प्रधानमन्त्रीको कानुनी सल्लाहकारका रूपमा उनी २०७८ साउन १ गतेदेखि नियुक्त भएका थिए । उनले १७ महिना १० दिन काम गरे । शेरबहादुर देउवा प्रधानमन्त्रीबाट बिदा भएसँगै उनी पनि पदबाट बिदा भएका हुन् ।  ...
प्रधानमन्त्री र मन्त्रीहरूले वृद्धि भएको १५ प्रतिशत तलब नलिने

प्रधानमन्त्री र मन्त्रीहरूले वृद्धि भएको १५ प्रतिशत तलब नलिने

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने भएका छन् । वृद्धि भएको तलब भत्ता साउन १ गतेबाट लागू भइसकेको छ । आर्थिक वर्ष ०७९/८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो । अर्थतन्त्र चालु आवका लागि मन्त्रिपरिषद्का सदस्यले बढेको तलब नलिने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।...