Thursday, March 12
Shadow

समाचार

अर्थमन्त्री पौडेलको जन्मदिन : सचिवालय बैठकअघि बालुवाटारमा काटियो केक

अर्थमन्त्री पौडेलको जन्मदिन : सचिवालय बैठकअघि बालुवाटारमा काटियो केक

आर्थिक, ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर १६ नेकपा सचिवालयको बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ । पार्टी महासचिव अर्थमन्त्री विष्णु पौडेलको जन्मदिनको अवसरमा बालुवाटारमा केक काटिएको हो । पौडेलको आज ६२औं जन्मदिन परेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले पौडेललाई केक खुवाएका थिए । केक काटेपछि बालुवाटारमा सचिवालय बैठक बसिरहेको छ ।...
सभा, जुलुस र प्रदर्शनहरु नगर्न काठमाडौं प्रशासनको आग्रह

सभा, जुलुस र प्रदर्शनहरु नगर्न काठमाडौं प्रशासनको आग्रह

टिप्स, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
  काठमाण्डौँ, मंसिर १६ कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस तथा प्रदर्शनहरु नगर्न आग्रह गरेको छ । मंगलवार एक विज्ञप्ति जारी गर्दै प्रशासनले कोरोना भाइरसको महामारीको जोखिम अझै रहेकाले भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको हो । जिल्ला प्रशासन काठमाडौंद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्नरनगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ,’ । त्यस्तै जोखिम अ...
शिवपुरी गाउँपालिका ५ चालिसेमा १० शैयाको अस्पताल शिलान्यास

शिवपुरी गाउँपालिका ५ चालिसेमा १० शैयाको अस्पताल शिलान्यास

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १५ नुवाकोटको शिवपुरी गाउँपालिका वडा नंवर ५ चालिसेमा सोमवार १० शैयाको अस्पताल शिलान्यास भएको छ । उक्त शिलान्यास गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले गरेका हुन् । १० करोड भन्दा धेरै लागतमा निर्माण हुने अस्पताललाई सुविधा सम्पन्न बनाईने गाउँपालिकाका अध्यक्ष थापाले बताए । साथै कार्यक्रममा बोल्दै उनले भने, गाउँपालिका समृद्धि तर्फ लम्किएको र यस अस्पताललाई पनि आफ्नै कार्यकालमा निर्माण सम्पन्न गरि आफैले उद्घाटन गर्ने गरि काम गर्छु । अस्पतालमा आकस्मिक तथा वैरंङ सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिका उप प्रमुख मन्जु केसि, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा अध्यक्षहरु लगाएतका जनप्रतिनिधिको उपस्थीति रहेको थियो ।...
प्रधानमन्त्री ओली अब टिकटकमा पनि

प्रधानमन्त्री ओली अब टिकटकमा पनि

ब्यानर समाचार, मनोरञ्जन, राजनिती, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर १५ प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सेयरिङ एप टिकटकमा समेत उपस्थिति जनाएका छन्। आइतबार बनेको उनको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ। ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकान्ट बनाउनेबारे छलफल भएको जानकारी दिए। 'अब यसमा पनि जाने भन्ने कुरा भएको थियो। आइटी विज्ञसँग कुराकानी भएको थियो,' उनले भने। हालसम्म एउटा भिडियो मात्रै अपलोड गरिएको छ भने भिडियोको भ्युज १ लाख बढी पुगिसकेको छ। १ सय १४ कमेन्ट, ५ हजार बढी लाइक र ८८ जनाले प्रधानमन्त्रीको भिडियो सेयर गरेका छन्। https://www.tiktok.com/@kpsharmaoli_official?referer_url=https%3A%2F%2Fpahilopost.com%2F&referer_video_id=6900199854916603137  ...
कोरोनाले सिर्जना गरेको चुनौती सामना गर्न सरकार प्रयासरत छ : अर्थमन्त्री पौडेल

कोरोनाले सिर्जना गरेको चुनौती सामना गर्न सरकार प्रयासरत छ : अर्थमन्त्री पौडेल

आर्थिक, ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर १५ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड- १९ का कारण समस्यामा परेको देशको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिवद्ध भएर लागिपरेको बताउनुभएको छ। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३ औँ वार्षिकोत्सव तथा २२ औँ वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उहाँले सरकार मात्रैले कोभिडले सिर्जना गरेको चुनौतीलाई सामना गर्न नसक्ने भएकाले निजी क्षेत्रको बलियो साथ र सहयोग जरुरी रहेको बताउनुभयो । सरकारको सामथ्र्यका आधारमा देशका सामु देखिएको चुनौतीलाई चिरेर अगाडि जान सकिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, 'समस्याको समाधानका लागि सकारात्मक सन्देश नै सबैभन्दा ठूलो विषय हो, गतिलो मार्गदर्शन पनि हो ।' उहाँले कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा देखा परेको सङ्कटलाई समाधानका लागि हरेक पालिकामामा पाँचदेखि १५ शैय्याको अस्पताल निर्माण...
देशभर १२५५ जनामा कोरोना संक्रमण, १७९०९ सक्रिय संक्रमित

देशभर १२५५ जनामा कोरोना संक्रमण, १७९०९ सक्रिय संक्रमित

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १४ पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ४ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ। आज देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय ७९ जना संक्रमितको मृत्यु भइसकेको छ। आज ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।...
उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न, शतप्रतिशत मतदान

उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न, शतप्रतिशत मतदान

आर्थिक, ब्यानर समाचार, समाचार
उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वाषिर्क साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतदान सकिएको छ । निर्वाचन समितिका अनुसार निर्वाचनमा शतप्रतिशत मत खसेको छ । जिल्ला नगर, वस्तुगत र एसोसियटतर्फका सबै मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेसरी न्यौपानेले जानकारी दिए । बिहान आठ बजेदेखि भएको मतदान अपररान्ह ४ बजे सकिएको हो । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा छन् । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पद सर्वाधिक महत्वपूर्ण मानिन्छ । महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध नि...
आज देशभर १३८० जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १८०८३

आज देशभर १३८० जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १८०८३

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १३ पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ५ सय १५ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ। आज देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय ५४ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घन्टामा ९ हजार ३ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ।...
नागार्जुन नगरपालिकाद्धारा १५४ परिवारलाई अग्नि शमन यन्त्र वितरण

नागार्जुन नगरपालिकाद्धारा १५४ परिवारलाई अग्नि शमन यन्त्र वितरण

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर १३ काठमाडौंको नागार्जुन नगरपालिकाले अग्नि शमन यन्त्र वितरण सुरु गरेको छ । शनिवार आयोजित एक कार्यक्रममा सो नगरपालिकाको वडा नं १ का १ सय ५४ घर परिवारलाई उक्त यन्त्र वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन् । उनले बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्‍याउन नसकेको बताए । नेता सिंहले तत्काल उपसभामुख चयन गर्नुपर्ने र संवैधानिक आयोगहरुलाई पूर्णता दिनुपर्ने पनि बताए । ट्रान्सपरेन्सी इन्टनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी रिपोर्टको चर्चा गर्दै नेता सिंहले वर्तमान सरकार भ्रष्ट भएको आरोप समेत लगाए । कार्यक्रममा प्रदेश सांसद प्रकाश श्रेष्ठले प्रदेश सरकारले जनतालाई अधिकार सम्पन्न बनाउन कानुन बनाई रहेको बताए । साथै नगरपालिकाले गरेको कार्यमा प्रदेश सरकारले...
रामकृष्ण श्रेष्ठलाई मतदान किन ?

रामकृष्ण श्रेष्ठलाई मतदान किन ?

आर्थिक, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर १२ उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा बिहीवारदेखि काठमाडौंमा शुरू भएको छ । महासंघको नयाँ कार्यसमितिका लागि कुल ६२ पदका लागि १ सय २१ जना चुनावी प्रतिस्पर्धामा छन् । महासंघको वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष र ६० अन्य कार्यकारिणी सदस्यहरु गरि कुल ६४ पदमा नयाँ पदाधिकारी निर्वाचित हुने छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्र प्रसाद ढकाल र किशोर प्रधानबीच प्रतिस्पर्धा हुँदैछ । ढकाल अहिले एशोसिएट उपाध्यक्ष हुन् भने प्रधान जिल्ला/नगर उपाध्यक्ष हुन् । प्यानल नै बनाएर निर्वाचनमा होमिएका दुवै समूहले आफ्नो जीत हुने दावी गर्दै आएका छन् । ढकाल समूहमा वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघाई र जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी रहेका छन् । यस्तै प्रधान समूहमा वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नग...