Wednesday, March 11
Shadow

समाचार

छिमेक लघुवित्तले २९ प्रतिशत लाभांश दिने

छिमेक लघुवित्तले २९ प्रतिशत लाभांश दिने

आर्थिक, समाचार, समाज
काठमाण्डौँ, मंसिर १८ छिमेक लघुवित्तले लाभांश घोषणा गरेको छ । मंसिर १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको कुल २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये २२ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । ...
कोरोनाबाट कोहलपुरका ७४ वर्षीय वृद्धको मृत्यु

कोरोनाबाट कोहलपुरका ७४ वर्षीय वृद्धको मृत्यु

ब्यानर समाचार 2, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाडौ, मंसिर १८ मंसीर ६ गते भेरी अस्पताल, नेपालगञ्जमा भर्ना भएका वृद्धको आज बिहान २ बजे मृत्यु भएको हो । बाँकेका अस्पतालहरुमा कोरोनाबाट दैनिकजसो नै मृत्यु भइरहेपनि जिल्लावासीको लामो समयपछि मृत्यु भएको छ । यो सँगै कोरोनाबाट बाँकेका ३९ जनाको मृत्यु भएको छ । यसैबीच, बाँकेका दुई ठूला अस्पताल भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरमा कोरोनाका ४७ जना सिकिस्त बिरामी रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, भेरीमा ३४ र कोहलपुर मेडिकल कलेजमा १३ जना सिकिस्त बिरामी छन् । दुई अस्पतालमा मध्यम खालका ४८ र सामान्य ५ जना बिरामी रहेका छन् । जिल्लाका विभिन्न पालिकाहरुमा गरेर एक सय ३४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।...
आज १४९० जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १६५४७

आज १४९० जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १६५४७

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १७ पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ९० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५६७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ। आज देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ३८ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा ८ हजार ३ सय जनाको पिसिआर परीक्षण भएको छ।...
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर १७ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले वरिष्ठ नेता पौडेललाई तनहुँको व्यास नगरपालिका १ तालघरेबाट नियन्त्रणमा लिएको हो । तालघरे र दुम्सी जोड्ने पुलको कांग्रेस वरिष्ठ नेता पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । तर, प्रशासनले भने पुलको उद्घाटन रोक्न भनेको थियो । झडप र तनाव हुन नदिन निषेधाज्ञा जारी गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सागर आचार्यले जानकारी दिए । पुल उद्घाटन पौडेलबाट हुन नदिन नेकपा नेतृत्वले विरोध गरेको थियो। दमौलीमा नेकपाको युवा मोर्चाले प्रदर्शन थालेको तथा निर्माण उपभोक्ताले उद्घाटन गरिछाड्ने भनेपछि निषेधाज्ञा जारी गरेको थियो। प्रहरीले बल प्रयोग गरेर आफूलाई नियन्त्रणमा लिएको भन्दै नेता पौडेलले कार्यकर्तामाथिको दमन बन्द गर्न माग गरेका छन् ।...
नुवाकोट बेलकोटगढीका घुस लिने इन्जिनियर पौडेल र व्यवसायी भट्ट पक्राउ

नुवाकोट बेलकोटगढीका घुस लिने इन्जिनियर पौडेल र व्यवसायी भट्ट पक्राउ

अपराध, आर्थिक, ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर १७ नुवाकोट बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर पर्वत पौडेल पक्राउ परेका छन्। उनलाई सेवाग्राहीसँग घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने प्रयोजनका लागि घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। उनले सेवाग्राहीसँग लिएको ७५ हजार रुपैयाँ होटल व्यवसायी नारायणप्रसाद भट्टलाई बुझ्न लगाएका थिए। सोही अवस्थामा पौडैल र भट्ट दुवैजनालाई पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन्। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।...
चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

टिप्स, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, मंसिर १७ काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले बताए । सामान्य अवस्थामा यी कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र अनुमतिपत्र वितरण गर्दै आएका थिए । गत चैतदेखि भने कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गरेका छैनन् । सेवाग्राहीको धेरै भीड हुने भएकाले तत्काल नखोलिने उनले बताए । उनले भने, ‘अवस्था केही सामान्य भएपछि नै परीक्षा लिन सकिन्छ ।’ सरकारले गत चैतमा बन्दाबन्दी गरेपछि असारसम्म कार्यालय ठप्प थियो । असारदखि नै कार्यालयले अनुमतिपत्र वितरण र नवीकरण शुरु गरेको थिए । दशैँ पहिलेसम्म धेरै कार्यालय...
मंसिर २० गतेसम्मका लागि नेकपा सचिवालय बैठक स्थगित

मंसिर २० गतेसम्मका लागि नेकपा सचिवालय बैठक स्थगित

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर १७ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहीबेरमात्रै बसेर स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्तावका सन्दर्भमा छलफलका लागि बोलाइएको सचिवालय बैठक केहीबेरमात्रै बसेर मंसिर २० गतेसम्मका लागि स्थगित गरिएको हो । कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने ओलीले पनि त्यसको जवाफमा मंसिर १३ गते प्रतिवेदन ल्याएका थिए । सोही प्रस्तावको विषयमै नेकपाभित्र विवाद छ । प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नै हुन नसक्ने अडान लिँदै आएका छन् । आजको बैठक औपचारिकतामै सीमित भइ मंसिर २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।...
पुस १ गतेबाट पशुपतिनाथ मन्दिर खुल्ला हुनेछ : मन्त्री भट्टराई

पुस १ गतेबाट पशुपतिनाथ मन्दिर खुल्ला हुनेछ : मन्त्री भट्टराई

जिवनसैली, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर १७ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुस १ गतेबाट पशुपति खुल्ला हुने बताएका छन्। मन्त्री भट्टराईले कोभिड–१९ का कारण बन्द रहेका धार्मिक-सांस्कृतिक गतिविधीहरु अव स्वास्थ्यसम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गरेर खुला गर्दै जाने निर्णय मन्त्रिपरिषद बैठकले गरिसकेको जानकारी दिए। बुधबार पशुपतिमा स्थापना गरिएको वातावरणमैत्री शवदाह गृहको अनावरण गर्दै मन्त्री भट्टराईले विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अन्य धर्म, संस्कृति र सम्प्रदायका मानिसहरुको पनि पर्यटकीय गन्तव्यकारुपमा विकास गर्ने काम भइरहेको बताए। पशुपतिका धार्मिक-सांस्कृतिक गतिविधी खुला गर्दा स्थानीय निकाय र सरोकारवाला अन्य पक्षसँग समन्वय गरेर स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न-गराउन पनि मन्त्री भट्टराईले कोषका पदाधिकारीलाई निर्देशन समेत दिएका छन्। पशुपति विक...
आज १३०४ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १६६३३

आज १३०४ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १६६३३

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १६ पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ७३ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ। आज देशभर १६ हजार ६ सय ३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय २९ जना संक्रमितको मृत्यु भइसकेको छ।...
त्रिविका सबै क्याम्पसहरूमा पढाइ सुरू हुने

त्रिविका सबै क्याम्पसहरूमा पढाइ सुरू हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर १६ त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा नियमित पठनपाठन हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको रेक्टर प्रा.डा. शिवलाल भुसालले जानकारी दिए । ‘स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय भएको छ’ प्रा.डा. भुसाल भन्छन्, ‘कोरोनाबाट जोगिँदै पढाइलाई निरन्तरता दिन खोजेका हौं ।’ भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नुपर्ने आवश्यता अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर पढाइ सञ्चालन गर्न लागेको उनले जानकारी दिए । यद्यपि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सम्भव नभए tuन्य वैकल्पिक विधिको प्रयोग गर्न सकिने त्रिविद्वारा जारी सूचनामा उल्लेख छ । त्...