Friday, March 13
Shadow

समाचार

जोरविजोर प्रणाली हटाउने तयारीमा यातायात व्यवसायी

जोरविजोर प्रणाली हटाउने तयारीमा यातायात व्यवसायी

आर्थिक, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर २१ मंसिर २५ गतेदेखि यातायात व्यवसायीहरुले सवारी साधनमा लगाइएको जोरविजोर प्रणाली हटाउने तयारी गरेका छन्। कोभिड १९ का कारण गत चैत ११ देखि बन्द भएको सार्वजनिक यातायात भदौं एक गतेदेखि जोरविजोर प्रणाली लागूगरी सञ्चालन हुँदै आएको थियो। सार्वजनिक यातायात प्रति सरकार गैरजिम्मेवार भएको भन्दै मजदुर र व्यवसायी मिलेर मंसिर २५ गतेबाट जोरविजोर प्रणाली हटाउन लागेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताउँछन। ‘सिएमसीलाई सार्वजनिक यातायातहरुको समस्याबारे छिटै निर्णय गर्न प्रत्र पठाएको छौं,’उनले भने। उनका अनुसार सार्वजनिक यातायातमा यात्रुको चाप बढेकोले यात्रु र व्यवसायीलाई सहज बनाउन जोरविजोर प्रणाली हटाउन लागिएको हो। ‘सरकारले कम व्याजमा ऋण, अनुदान, किस्तामा सहज वातावरण दिन नसकेपछि पटक पटक दवाव दिदै आएका छौं,’ उनी भन्छन्।...
सिद्धार्थ बैंकले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा

सिद्धार्थ बैंकले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा

आर्थिक, समाचार
काठमाण्डौँ, मंसिर २१ सिद्धार्थ बैंकले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको हाल कायम चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार १ सय ३८ रुपियाँ छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६र७७ को नाफा र संचित रकमबाट हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांशको करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव लक्ष्मण घिमिरेले जानकारी दिनुभएको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनी सचिव घिमिरेले बताउनुभयो ।...
बलिउड अभिनेत्री कियारा आडवाणी पापड बेच्दै

बलिउड अभिनेत्री कियारा आडवाणी पापड बेच्दै

अन्तर्राष्ट्रिय, मनोरञ्जन, समाचार
काठमाडौ,मंसिर २१ बलिउड अभिनेत्री कियारा आणवाणीले फिल्ममा विभिन्न भूमिका निभाउँदै आएकी छन् । भर्खरै मात्र उनी अक्षय कुमार अभिनित फिल्म ‘लक्ष्मी’ मा पनि एक अलग भूमिकामा देखिएकी थिइन् । उनले हालसालै अर्को एक फिल्म साइन गरेकी छन् । जसको नाम हो ‘ कुर्रम कुर्रम’ । यस फिल्ममलाई चर्चित निर्माता आशुतोष गोवारिकरले निर्माण गर्न लागेका हुन् । यस फिल्ममा कियारलाई अन्य फिल्मको भन्दा एक विशेष भूमिकामा देखाइने छ । भारतीय मिडियाले जनाए अनुसार कियारा यस फिल्ममा एक पापड बनाउने महिलाको भूमिकामा देखिने छिन् ।जसलाई चर्चिच ‘लिज्जत पापा’ ले सुरु गरेको थिए । यो फिल्ममा भारतीय महिला सहकारी श्री महिलाको कथा हुने छ । ‘लिज्जत पापड’को विज्ञापनमा पनि ‘कर्रम कर्रम’ को प्रयोग गरिएको छ । त्यही आधारमा फिल्मको नाम राखिएको हो । यही फिल्मको भूमिकाको लागि कियारा पापाड बेच्ने प्रयासमा अभ्यास गरिरहेकी छिन् । यो ए...
बाइडेनको जित उल्टाउने प्रयासमा ट्रम्प, जर्जियाका गभर्नरलाई दिए दबाब

बाइडेनको जित उल्टाउने प्रयासमा ट्रम्प, जर्जियाका गभर्नरलाई दिए दबाब

अन्तर्राष्ट्रिय, समाचार
काठमाडौ,मंसिर २१ अमेरिकामा हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा पराजित रिपब्लिकन पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले विजयी जो बाइडनको मत परिणाम उल्टाउन जर्जियाका गभर्नरलाई दबाब दिएका छन्। जर्जियाका रिपब्लिकन गभर्नर ब्रियन केम्पलाई मत परिणामलाई तत्काल स्वीकृति नदिन राज्यको संसद बैठक बोलाएर छलफल गराउन दबाब दिएका हुन्। हस्ताक्षर परीक्षण गर्न गभर्नर र राज्यका सचिवले अनुमति दिए मात्र पनि सजिलै र चाँडै आफ्ना पक्षमा परिणाम उल्टने ट्रम्पको अपेक्षा छ।...
तारकेश्वर नगरपालिकाद्धारा आजदेखि विद्यालय सञ्चालन

तारकेश्वर नगरपालिकाद्धारा आजदेखि विद्यालय सञ्चालन

समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर २१ काठमाडौंको तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खुला गरेको छ । स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपालिकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताए । कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई समीक्षा गरी विद्यालयलाई भयरहित एवं सुरक्षित तवरमा विद्यालय सञ्चालनको व्यवस्था मिलाउन हरेक विद्यालयलाई निर्देशन दिएको बताइएको छ । विद्यालयको पठनपाठनलाई नियमित गराउन स्वास्थ्य सुरक्षामा मापदण्ड पालन गर्ने विधि, प्रत्येक विद्यालयमा हेल्प डेस्क निर्माण गर्ने र नजिकको स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यकतानुसार स्वास्थ्य परीक्षण र परामर्श दिने, विद्यालयको सरसफाइ, हात धुने व्यवस्था, विद्यालयलाई दैनिक निर्मलीकरण गर्ने, प्रत्येक दिन कक्षा शुरु हुनुअगावै कम्तीमा पाँच मिनेट कोभिड–१९ को सङ्क्रमणका बारेमा विद्यार्थीलाई जा...
प्रहरीकै पेस्तोल खोसेर ‘तस्कर’ले चलाए गोली

प्रहरीकै पेस्तोल खोसेर ‘तस्कर’ले चलाए गोली

अचम्मका कुरा, अपराध, समाचार
काठमाडौ,मंसिर २१ बुटवलमा गैंडाको खाग तस्करले प्रहरीको पेस्तोल खोसेर हानेको गोली लागेर एकजना घाइते भएका छन्। बुटवलको मिलनचोकमा आइतबार बिहान गोली चलेको हो। राजमार्ग चौराह र मिलनचोकको बीचमा रहेको कलश होटलमा गोली चलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि लगिएको छ। उनको पहिचान भइसकेको छैन। उनको चिउडोमा गोली लागेको छ। पेस्तोल खोसिएका प्रहरी भने सकुशल रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए।...
डोटीमा जिप दुर्घटना हुदाँ ४ जनाको मृत्यु, चार घाइते

डोटीमा जिप दुर्घटना हुदाँ ४ जनाको मृत्यु, चार घाइते

दुर्घटना, ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २१ डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ भने चार जना घाइते भएका छन् । शनिबार राति दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नम्बरको महेन्द्रा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, केआइसिंह गाउँपालिका–४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट, नाम नखुलेकी ५५ वर्षकी महिला र अन्दाजी तीन वर्षका एक बालक रहेका छन् । यसैगरी उक्त घुर्टनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी रहेका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।...
२४ घण्टामा १०२४ जनामा कोरोना संक्रमण, १४ हजार २२५ जना सक्रिय संक्रमित

२४ घण्टामा १०२४ जनामा कोरोना संक्रमण, १४ हजार २२५ जना सक्रिय संक्रमित

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २० पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। शनिबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। नेपालमा हालसम्म १७ लाख ७८ हजार २४ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५३६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १४ हजार २२५ जना सक्रिय संक्रमित छन्। आज २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ।...
राजसंस्थाको माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन : के फर्किएला त राजसंस्था

राजसंस्थाको माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन : के फर्किएला त राजसंस्था

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २० राजसंस्थाको माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ। ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आव्हानमा राजसंस्थाको माग गर्दै प्रदर्शन भएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रहलाई बेवास्ता गर्दै राजावादीहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। माइतीघरमा भेला भएका उनीहरू जुलुससहित नयाँ बानेश्वरसम्म पुगि कोणसभामा परिणत भएका थिए। उनीहरूले पृथ्वीनारायण शाहको तस्वीर बोकेका थिए भने संघीयता एवं धर्म निरपेक्षता खारेज गर्न र राजसंस्थाको पुनर्स्थापना गर्नुपर्ने नारा लगाएका छन्। सभामा अधिवक्ता सुरेन्द्र भण्डारीले राजसंस्था स्थापना हुनुपर्ने र संघीयतासँगै धर्म निरपेक्षता खारेज हुनुपर्ने आफूहरूको रहेको बताए। जिल्ला प्रशासन कार्यालयले विरोध प्रदर्शन गर्दा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शन लगायतका गतिविधि गर्न र...
सम्पदाको संरक्षणमा दत्तचित्त भएर लागेका छौँ : मेयर शाक्य

सम्पदाको संरक्षणमा दत्तचित्त भएर लागेका छौँ : मेयर शाक्य

जिवनसैली, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर २० काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संस्कृति र परम्पराको जगेर्ना गर्ने कुरामा काठमाडौँ महानगरपालिका दत्तचित्त भएर लागेको बताउनु भएको छ । उहाँले सम्पदा संरक्षणलाई महानगरपालिकाले प्राथमिकतामा राखेर निर्माण–पुर्ननिर्माणको अभियान अघि बढाएको पनि बताउनु भयो । आज वडा २५ श्रीघः, नघलमा रहेको धर्मकीर्ति विहारको विस्तारित भवनको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘क्वाःपा, द्योःछेँ, बहाल, बही, सत्तल जस्ता सांस्कृतिक सम्पदाको निर्माण–पुर्ननिर्माणको अभियानलाई महानगरपालिकाले प्राथमिकतामा राखेर अघि बढाएको छ,’ उहाँले भन्नुभयो, ‘गुठी परम्परालाई जीवन्त बनाइराख्न पनि काठमाडौँ महानगरपालिकाले आवश्यक लगानी गर्दै आएको छ ।’ उहाँले सम्पदा निर्माण गर्दा जनसमुदायको पनि अपनत्व हुने गरी काम आग्रह समेत गर्नुभयो । ‘तपाईँहरु सम्पदा निर्माण–पुर्ननिर्माणको योजना लि...