बज्राचार्य कार्यकालका सफल कोषाध्यक्ष जसले पुर्याए २० लाख पत्रकार कल्याणकारी कोष
कपिलवस्तु, पुष १०
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा अन्र्तरगतको पत्रकार कल्याणकारी कोषमा २० लाख रकम पुर्याएर नयाँ समितिलाई हस्तान्तरण गरिएको छ ।
पत्रकार महासंघ कपिलवस्तु शाखामा एक५ कार्यक्रमका विच सो रकम हस्तान्तरण गरिएको हो ।
रकम हस्तान्तरण गर्दै शाखा का नि वर्तमान समिति र कोषाध्यक्ष मोहन बेल्वासेको सुशासनका लागि परदर्शी अभियानले सो रकम बचत गर्न सफल भएको शाखा अध्यक्ष किरणमान बज्राचार्यले बताए ।
पद हस्तान्तरण कार्यक्रममा नयाँ समितिलाई स्वागत गर्दै उपाध्यक्ष हरि अधिकारीले महासंघमा विभेदपुर्ण शुद्धिकरण रहेसम्म पत्रकार महासंघको विवाद अन्त्य नहुने बताए ।
पदभार ग्रहण गर्दै नव निर्वाचित अध्यक्ष डिलाराम भुषालले शुद्धिकरणमा भएका गल्ती कमजोरी आगामी दिनमा सच्याएर जाने बताए ।
निर्वाचन समितिका संयोजक सरोज खनाल, लुम्बिनी प्रदेश सदस्य सरिता थारु, लुम्बिनी प्रदेशका नि वर्तमान अध्यक...









