Thursday, March 28
Shadow

मुख्य समाचार

नुवाकोटको कुन स्थानिय तहले कति पाए वित्तीय समानीकरण अनुदान ?

नुवाकोटको कुन स्थानिय तहले कति पाए वित्तीय समानीकरण अनुदान ?

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि स्थानीय तहलाई ८८ अर्ब रूपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ। स्थानीय तहतर्फ समानीकरण अनुदानमा न्यूनतम २६ अर्ब ६८ करोड ५० लाख, सूत्रमा आधारित ५७ अर्ब ७९ करोड ५० लाख र कार्यसम्पादनमा आधारित ३ अर्ब ५२ करोड गरी ८८ अर्ब रुपैयाँ सिफारिस गरेको हो। वित्त आयोगको सिफारिसकै आधारमा आगामी बजेटबाट संघीय सरकारले वित्तीय समानीकरण अनुदान उपलब्ध गराउनुपर्ने हुन्छ। आयोगले यो न्यूनतम आवश्यकता, सूत्रमा आधारित र कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान उपलब्ध गराउँछ। नुवाकोटको १२ स्थानीय तहहरू मध्ये सबैभन्दा धेरै अनुदान पाउनेमा विदुर नगरपालिका रहेको छ । विदुरले १४ करोड ९१ लाख पाउने भएको छ । त्यस्तै बेलकोटगढी नगरपालिकाले ११ करोड ८० लाख अनुदान पाउने भएको छ । त्यस्तै ककनी गाउँपालिकाले ९ करोड ७६ लाख, शिवपुरी गाउँ...
सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा रिहा !

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा रिहा !

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ। जिल्ला अदालत काठमाडौंले पहिलो पटक दिएको ४ दिनको म्याद बिहीबार सकिएपछि अर्को म्याद नलिई उनलाई हाजिरी जमानीमा छाडिएको हो। बिहीबार नै म्याद सकिए पनि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा ब्युरो (सीआईबी)ले अदालत नलगी छाडेको हो। हाजिरी जमानीमा छाड्न उनको फाइल सरकारी वकिल कार्यालयमा पठाएपछि त्यहीँबाट रिहा भएका सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए। सरकारी वकिल कार्यालयको रायपछि महरालाई छोरा निर्मल महराको जिम्मा लगाएको छ। पूर्वसभामुखसमेत रहेका महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा सीआइबीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो।...
कृष्णनगरमा क्वारेन्टाइन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कृष्णनगरमा क्वारेन्टाइन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, मुख्य समाचार
अजय मिश्र, कपिलवस्तु, चैत्र ६ कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज पशु क्वारेन्टाइन कार्यालय भैरहवा अन्तर्गत पशु क्वारेन्टाइन चेक पोष्ट कृष्णनगरको आयोजनामा सुरक्षा निकाय, पत्रकार, व्यवसायी हरुलाई एक दिने क्वारेन्टाइन सम्बंधि सचेतना कार्यक्रम सम्पन्न भएको छ। पशु पंक्षी तथा पशु जन्य पदार्थको तस्करी तथा अन्य अवस्था हेर्ने प्रमुख उदेश्यका साथ कार्यक्रममा पशु क्वारेन्टाइनको परिचय, क्वारेन्टाइनको वर्तमान संरचना, दण्ड जरिवाना र सजायको व्यवस्था, पशु ढुवानी मापदंड २०६४, क्वारेन्टाइनको महत्व लगायतका विषयमा सहजीकरण पशु क्वारेन्टाइन कार्यालय भैरहवा बाट आएका डा .मनोज अधिकारीले गरेका थिए। कार्यक्रममा सहभागी हरूले स्थानीय स्तर बाट समेत सुझाव संकल्न गरेर नियमहरु बनाउनु पर्ने, अन्य देशबाट पशु तथा पशु जन्य पदार्थ ल्याउदा भन्सारको राजस्व कम हुनुपर्ने, पशु तथा पशु जन्य पदार्थको तस्करी रोक्न जनचेतना फ...
उद्योग वाणिज्य संघ कृष्णनगर द्वारा मन्त्री अधिकारी लाई स्वागत

उद्योग वाणिज्य संघ कृष्णनगर द्वारा मन्त्री अधिकारी लाई स्वागत

ब्यानर समाचार 2, मुख्य समाचार
कृष्णनगर , चैत्र ३ नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सबै जनताले बास पाउनुपर्ने बताएका छन् । उनले सुकुम्बासी, दलित भूमीहीन, अव्यवस्थितको समस्याको हलमा केन्द्रित भएको बताएका छन् । जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री अधिकारीले यस्तो बताएका हुन् । जिल्ला र राष्ट्रको समस्या समाधान गर्ने कामको रणनीति बनाएर उत्थान गरिने उनले बताए । सुखी नेपाली, समृद्ध नेपालको बनाउने सवालमा पूँजी र क्षमताको आधारमा सबैलाई प्राप्त हुने गरि काममा ध्यान केन्द्रित भएको उनले बताए । भूमीहीन जटिल समस्या भएको बताउँदै त्यस समस्याको हल गर्ने कुरामा मन्त्रालय र सरकार लाग्ने मन्त्री अधिकारीको भनाई छ । उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष राम कुमार गुप्ताले कृष्णनगर भन्सार नाका लुम्बिनी प्रदेशको मुख्य नाका भएकोले सुक्ख ब...
आखा चिम्लेर समर्थन पनि नगर्ने, आखा चिम्लेर विरोध पनि नगर्ने – माधवकुमार नेपाल

आखा चिम्लेर समर्थन पनि नगर्ने, आखा चिम्लेर विरोध पनि नगर्ने – माधवकुमार नेपाल

ब्यानर समाचार 2, मुख्य समाचार
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीनिकट महिलाहरूको भेला तथा प्रशिक्षणलाई शुक्रबार सम्बोधन गर्दै आफ्नो पार्टी देशका सबै कम्युनिस्ट पार्टीहरूलाई मिलाउने मूल्यमा कुनै पनि पद नचाहिने बताएका छन् । एमाले अध्यक्ष केपी ओलीसँगको पछिल्लो संवाद र छलफललाई इंगित गर्दै नेपालले मिल्नुको मतलब दुई पार्टी मिल्ने अर्थमा नबुझ्न कार्यकर्ताहरूलाई आग्रह गर्व्का छन । मिल्नुको मतलब दुई पार्टी मिल्ने होइन, जानेहरू अहिले बेहाल भइरहेका छन् । मुकुन्द न्यौपाने , केदारजीको बिजोग छ । हामी सिँगै देशको कम्युनिस्टहरूलाई मिलाउने हो भने तयार छौँ । सबै कम्युनिस्टहरूलाई गोलबन्द गर्ने हो भने तयार छौँ देश बनाउनुछ हामीलाई,’ नेपालले भने, ‘हामीलाई कुनै पद ओगटेर बस्नुछैन । हामीलाई प्रधानमन्त्री पद, पार्टी अध्यक्ष पद पनि चाहिएको होइन, यो देशको प्रगति र परिवर्तन चाहिएको हो ।’ नयाँ सत्तासमीकरणसँगै समय फेरिएकाले बोली...
बुढीगण्डकी जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिने – प्रम

बुढीगण्डकी जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिने – प्रम

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिन आफूले हरसम्भव प्रयास गरिरहेको बताएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा गोरखा र धादिङका जनप्रतिनिधिले आयोजनाका सम्बन्धमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले भने “आज बस्ने मन्त्रिपरिषद्को बैठकमा पनि यसबारे छलफल हुन्छ । आयोजना अघि बढाउनेमा म प्राथमिकता साथ लागेको छु । प्रधानमन्त्रीले यो आयोजनालाई अगाडि बढाउन आफूले निरन्तर पहल गरिरहेको बताए । उनले स्थानीय तहबाट आयोजनालाई शीघ्र अगाडि बढाउन गरिएको पहल र प्रयासका लागि धन्यवाद दिँदै केही दिनभित्रै आवश्यक निर्णय हुने विश्वास दिलाए । कूल एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने टुङ्गो लागेपनि लगानी ढाँचा तयार हुन नसक्दा अगाडि बढ्न सकेको छैन । प्रधानमन्त्र...
प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ - प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न लाग्दा कांग्रेस सांसदहरूले उठेर बैठकमा विरोध जनाएका थिए । त्यसपछि सभामुखले कांग्रेस सांसद राजेन्द्रकुमार केसी र कांग्रेस प्रमुख सचेतक रमेश लेखकले अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नियुक्त गर्ने प्रधानमन्त्रीले सदनमा उपस्थित भएर जवाफ नदिएसम्म सदन अगाडि बढ्न नसक्ने भन्दै अवरोध गरिरहे ।...
विभेदलाई जित्न हिँड्नु भएका दाहाललाई राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी

विभेदलाई जित्न हिँड्नु भएका दाहाललाई राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाज
काठमाडौँ, २९ फागुन : परिपक्व राजनीतिज्ञ नारायणप्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । लामो राजनीतिक जीवन व्यतित गर्नुभएका दाहाल साझा जीवन, उच्च विचारले प्रेरित व्यक्तित्व हुनुहुन्छ । कास्कीको ढिकुरपोखरीमा बुबा कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालका जेठो सन्तानका रुपमा दाहालको जन्म विसं २०१२ साल चैत १६ गते भएको हो । माओवादीभित्र उहाँलाई ‘सरल’ नामले चिनिन्छ । माओवादी जनयुद्धलाई सफल बनाउन सक्रिय र ठूलो योगदान पु¥याउने योद्धा हुनुहुन्छ दाहाल । बाल्यकालदेखि नै कम्युनिष्ट पार्टीप्रतिको आस्था राख्नुभएका दाहाल विद्यार्थी जीवनमै पार्टीको सक्रिय सदस्यका रुपमा क्रियाशील हुनुभएको थियो । पार्टीका कामका लागि प्रवासमा अनेकौँ पीडा, कष्ट र हण्डर सहँदै नेपाली जनयुद्धलाई राजनीतिक, वैचारिक, साङ्गठनिक काममा सक्रिय हुँदै आर्थिक र भौतिक साधन स्रोत जुटाएर सफल बनाउन दाहालले अतुलनीय य...
बनभोज कार्यक्रममा सहकारी शिक्षा र विश्वव्यापी अभ्यासको बारेमा अन्तरकृया सम्पन्न – वचन साकोस

बनभोज कार्यक्रममा सहकारी शिक्षा र विश्वव्यापी अभ्यासको बारेमा अन्तरकृया सम्पन्न – वचन साकोस

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ – वचन बचत तथा ऋण सहकारी संस्था लि., डिल्लीबजार, काठमाडौंका अध्यक्ष मुकुन्दराज खनालले संस्थाको १४औँ स्थापना दिवसको उपलक्ष्यमा २०८० फाल्गुण १९ गते काठमाडौंको गोकर्णमा आय‍ोजित सहकारी शिक्षा तथा वनभ‍ोज कार्यक्रमको अध्यक्षता गर्दै उहाँले ‘अहिलेको विषम परिस्थितिमा सम्भाव्यता हेरेर हाम्रा कार्यक्रमलाई सहयोग गर्दै वचनको पछि लाग्नु वचनको जीत हो र वचनक‍ो जीत भनेको यसका सदस्यको जीत हो’, भन्नुभयो । सहकारीमा देखिएका चुनौति र समस्या समाधानको उपाय ख‍ोजी गर्न निकट भविष्यमा वचनले आफू मुख्य आय‍ोजक रहेर सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो । शेयर सदस्य , कर्मचारीहरु लगायतमा शुभकामना व्यक्त गर्दै उहाँले आगामी वर्षदेखि वचनको स्थापना दिवस लगायतका रचनात्मक कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गरेका लोकसेवा आयोगका स...
प्रचण्डको धोकाधडीको राजनीति अब केपी कमरेडले अन्त्य गर्नुपर्छ – भिमसेनदास प्रधान

प्रचण्डको धोकाधडीको राजनीति अब केपी कमरेडले अन्त्य गर्नुपर्छ – भिमसेनदास प्रधान

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं - नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली राजनीतिमा सबैभन्दा खराब पात्र र सबैभन्दा बढि गिरेको नेताको रुपमा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल दर्ज भएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता प्रधानले यस्तो बताएका हुन् । उनले प्रचण्डलाई अस्थिर नेतामात्रै नभएर धोकेबाज नेताको पनि संज्ञा दिए । प्रधानले आफ्नो सम्बोधनको सुरुवातमै अमेरिकी राष्ट्रपति अब्राहम लिन्कनको बहुचर्चित भनाई ‘यु क्यान फूल सम अफ द पिपुल अल द टाएम, एण्ड अल अफ द पिपुल सम अफ द टाईम, बट यु क्यानट फूल अल अफ द पिपुल अल अफ द टाईम’ सुनाए । उनले प्रचण्डले अब सबैलाई सधैं मुर्ख बनाउन नसक्ने दाबी गरे । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै भने–‘प्रचण्डजीले हाम्रा नेताहरुलाई पटक पटक धोका दिनुभएको छ, पहिले ...