Thursday, April 25
Shadow

मुख्य समाचार

कांग्रेसमा उम्मेदवार चयन गर्ने परिपार्टीमा परिमार्जन आवश्यक छ : महामन्त्री थापा

कांग्रेसमा उम्मेदवार चयन गर्ने परिपार्टीमा परिमार्जन आवश्यक छ : महामन्त्री थापा

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
कपिलवस्तु : निर्वाचनमा उम्मेदवार चयन गर्ने विधि प्रक्रियालाई परिमार्जन गरी तल्लो तहका नेता कार्यकर्ताहरूले नै टिकट दिनसक्ने व्यवस्था कांग्रेसलेगर्नु पर्नेमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जोड दिएका छन्। महिनौंसम्म काठमाडौं बसेर पार्टीका शक्ति केन्द्रहरूमा धाउने, चाकडी गर्ने र टिकट ल्याउने परिपाटीले आम कार्यकर्ताहरूमा निराशा आएको र पार्टीको आधिकारिक उम्मेदवारहरूविरुद्ध विद्रोह हुने गरेको नेता थापाले बताए। वडा तहको टिकट वडा तहकै पार्टीका समिति तथा जिम्मेवार नेताहरूले वितरण गर्नसक्ने, पालिका तहको पालिका तहकै, प्रदेश र संघीय सांसदको टिकट प्रदेश तथा संघीय क्षेत्रका समितिहरूको व्यापक छलफल र सरसल्लाहमा वाडिने कार्यविधि निर्माणका लागि आफू केन्द्रीय समितिमा गृहकार्य गरिरहेको नेता थापाले बताए। ...
सरकारले पहिलो पटक तोक्यो चैते धानको मूल्य

सरकारले पहिलो पटक तोक्यो चैते धानको मूल्य

आर्थिक, कृर्षि, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाण्डौ– सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को हिजो बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार सात सय सात रुपैयाँ २८ पैसा तोकेको हो । साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतन समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ ।...
भारतमा आरजुको सफल शल्यक्रिया

भारतमा आरजुको सफल शल्यक्रिया

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाको हाइपर पाराथाइरोडिज्मको सफल शल्यक्रिया गरिएको छ । भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत देउवाको बुधबार सफल शल्यक्रिया गरिएको उनका स्वकिय सचिव कमल रावलले जानकारी दिए । देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्शअनुसार अझै केहि समय अस्पतालमै बसेर उपचार गराउनुपर्ने रावलले बताए ।...
गगनको संवादयात्रा पुन: सुरु

गगनको संवादयात्रा पुन: सुरु

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाण्डौं- कांग्रेस महामन्त्री गगनकुमार थापाले पश्चिम नवलपरासीमा बिपी कोइरालाको सालिकमा माल्यार्पण गरेर पुनः संवाद यात्रा सुरु गरेका छन्। उनले बिहीबार पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुराबाट संवाद यात्रा सुरु गरेका हुन्। महामन्त्री थापाले माघ १३ गते झापाको मेची पुलबाट संवाद यात्रा सुरु गरेका थिए। उक्त यात्रा माघ २२ गते गोपीगन्जमा पुगेर स्थगित भएको थियो। महामन्त्री थापाले नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँकेलगायत जिल्लाका विभिन्न ठाउँका स्थानीयहरूसँग संवाद गर्ने कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए। आज बिहीबार पश्चिम नवलपरासीमा आयोजित संवाद यात्रामा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरे। उनले भने, ‘सरकारमा सहभागी दलहरू नै यो सरकार लामो समय टिक्ने भन्नेमा आशावादी छैनन्।’...
अब घरेलु रक्सीलाई ‘ब्रान्डेड’ गर्नुपर्छ – रजमान तामाङ

अब घरेलु रक्सीलाई ‘ब्रान्डेड’ गर्नुपर्छ – रजमान तामाङ

ब्यानर समाचार 2, मुख्य समाचार, विचार
रजमान तामाङ  नेपालमा परम्परागत जाँडरक्सी उत्पादनको सुरुवात कहिले भयो, यकिन छैन । नेपालीले अन्न, मौवा, फलफुल आदिको जाँडरक्सी युगौंदेखि बनाउँदै आएका छन् । तर यसलाई देशको ’ब्रान्डेड’कै रूपमा स्थापित गर्नुपर्ने बहस यस क्षेत्रका अध्येता र पोषणविद्हरूले सुरु गरेका छन् । जाँडरक्सीका लागि विशेष किसिमका झार र जडिबुटी प्रयोग गरेर मर्चा बनाउने गरिन्छ र कतिपय अवस्थामा त त्यो घरायसी औषधिका रुपमा समेत प्रयोग हुन्छ । तथापी परम्परागत जाँडरक्सीको गुणस्तरबारे धेरैतिर प्रश्न छ । पुरानो अन्न कोदोबाट बन्ने जाँडरक्सी नेपालको प्रमुख र परम्परागत पेय मानिएकोले समुदाय तहमा यही नै बढी प्रयोग हुने यस क्षेत्रका अध्ययता एवम् ‘बलियो नेपाल पोषण अभियान’का सिईओ डा. अतुल उपाध्याय बताउँछन् । बियर बनाउन पनि जौपछि कोदोबाटै उत्तम माल्ट तयार हुन्छ । उपाध्यायका अनुसार कोदोमा ’ग्लुटेन’ नभएकाले ’ग्लुटेन एलर्जी’ हुन...
संसदीय समितिमै मागे सांसद बडूले गृहमन्त्री लामिछानेको राजीनामा

संसदीय समितिमै मागे सांसद बडूले गृहमन्त्री लामिछानेको राजीनामा

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्षरूपमा छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु राम्रो हुने बताएका छन् । बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको पनि नाम जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि पद छोड्नु उपयुक्त हुने बताएका हुन् । सांसद बडूले छानबिनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्रीले स्वेच्छिकरूपमा जिम्मेवारीबाट बाहिरिनुपर्ने बताए ।...
विश्वविद्यालयले अपेक्षित जनशक्ति उत्पादन गर्न सकेन : पर्यटन मन्त्री तामाङ

विश्वविद्यालयले अपेक्षित जनशक्ति उत्पादन गर्न सकेन : पर्यटन मन्त्री तामाङ

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पर्यटन व्यवस्थापन प्रतिष्ठानको विकासको लागि कानूनी अवरोध बिस्तारै हटाउने बताएका छन् । आज मंगलबार नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानको ५१ औँ वार्षिकोत्सव समारोहमा उनले गठन आदेशबाट स्थापना भएको संस्थामा अहिलेसम्म आवश्यक ऐन पनि बनाउन नसकेको उल्लेख गर्दै ऐनलाई संसदबाट अनुमोदन गर्ने हिसाबले अगाडि बढिरहेको बताए । उनले भने, ‘एउटा गठन आदेशबाट स्थापना भएको यो संस्थामा अहिलेसम्म आवश्यक ऐन पनि बनाउन सकेका छैनौ । त्यसतर्फ पनि ध्यान दिई रहेका छौँ र छिटै नै ऐनलाई संसदबाट अनुमोदन गर्ने हिसाबले पहल गर्नुपर्छ भन्ने हिसाबले अगाडि बढिरहेका छौँ । यो संस्थाको गरिमा बढाउने कुरा मात्रै होइन, अगाडि बढ्नको लागि कानूनी अवरोध जुन खडा भएको छ, त्यो बाटो पनि बिस्तारै खोलिने छ ।’ उनले पर्यटन क्षेत्रले नेतृत्व...
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतबाट सम्पर्क विहिन

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतबाट सम्पर्क विहिन

ब्यानर समाचार 2, मुख्य समाचार
धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतबाट सम्पर्क विहिन भएकी छन् । नगर प्रमुख हमालकी जेठी छोरी आरती हिजो (सोमबार) देखि सम्पर्क विहिन भएकी हुन्। उनी ओशो साधक हुन केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्। तर सोमबारदेखि भारतको जोरबा वाइब आस्बिन ब्रीजबाट सम्पर्क विहिन भएको उनको साथीबाट खबर प्राप्त भएको कुरा धनगढीका नगर प्रमुख गोपाल हमालले आफ्नो फेसबुकमा पोस्ट गरेका छन । भारतको गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीले खोजी कार्यमा सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन्। साथै नगर प्रमुख हमालकी कान्छी छोरी आर्जु र ज्वाइँ आरतीको खोजी गर्न आज (२०८० चैत १३ गते मंगलबार) रातिको फ्लाइटमा गोवा पुग्ने भएकाले ००९१– ९७९४०९६०१४, ८२७३५३८१३२, ९३८९६०७९५३ मा सम्पर्क गरि त्यहाँ आवश्यक सहयोग तथा खोजी कार्यमा सहजीकरण गरिदिन नगर प्रमुख हमालले सबैमा अपिल समेत...
नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ : उपाध्यक्ष कोनेल

नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ : उपाध्यक्ष कोनेल

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- विश्व बैंकले नेपालको लेखा प्रणाली उत्कृष्ट रहेको बताएको छ । विश्व बैंककी वित्तीय उपाध्यक्ष तथा ग्रुप नियन्त्रक पामेला ओ कोनेलले सोमबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताइन् । “मैले केही दिनअघि महालेखा परीक्षकको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको भ्रमण गरेकी थिएँ,” उनले भनिन्, “नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ ।” लेखा प्रणालीमा अपनाइएको पेपरलेस पद्धतिले सुशासनका लागि प्रभावकारी काम गर्ने उनको भनाइ थियो । जवाफमा मन्त्री पुनले १२ वर्षअघि आफू पहिलोपटक अर्थमन्त्री भएका बेला राजस्व र लेखामा कम्प्युटरमा हिसाब राख्ने प्रविधि लागु गरेको स्मरण गर्दै परिवर्तित सन्दर्भमा थप प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने गरी सुधार गर्ने उल्लेख गरे ।...
उपचुनाव : एमालेले सुहाङ उम्मेदवार टुंगो लगाएसंगै अन्य दलहरु दबाबमा !

उपचुनाव : एमालेले सुहाङ उम्मेदवार टुंगो लगाएसंगै अन्य दलहरु दबाबमा !

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाण्डौ– आउँदो वैशाख १५ गते हुने उपचुनावको लागि मुख्य दलहरु उम्मेदवार छनोट र प्रचार अभियानमा जुटेका छन् । एमालेले उम्मेदवार टुंगो लगाएर प्रचार अभियान थालिसकेको छ भने अरु दलहरु आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेसमा उम्मेदवारको नाम सिफारिस भए पनि निर्णय हुन बाँकी छ । सत्तारुढ माओवादी, जसपा र एकीकृत समाजवादीले उम्मेदवारी दिने–नदिने टुंगो लागेको छैन । सत्तारुढ अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने उम्मेदवारी दिने बताएको छ । तर एमालेले रास्वपालाई मनाउनको लागि पहल गरिरहेको छ । निर्वाचन आयोगले आउँदो २४ गते उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको छ । इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गएको भदौमा हृदयघातबाट निधन भएपछि र बझाङ प्रदेश सभा १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा परी निधन भएपछि ती क्षेत्रमा उपचुनाव हुन ...