Friday, March 13
Shadow

ब्यानर समाचार

आशैआशमा बित्यो सिसडोलवासीको १६ वर्ष, गाउँमै उच्च शिक्षाको आश देखेका विद्यार्थीलाई फोहोरको र्दुगन्ध उपहार

आशैआशमा बित्यो सिसडोलवासीको १६ वर्ष, गाउँमै उच्च शिक्षाको आश देखेका विद्यार्थीलाई फोहोरको र्दुगन्ध उपहार

जिवनसैली, ब्यानर समाचार, राजनिती, समाज, स्थानिय तह, स्वास्थ्य
दिपेश न्यौपाने/काठमाण्डौँ, कार्तिक २८ नेपाल सरकारले २०६२ जेष्ठ २२ गतेका दिन देखि त्यहाँका जनतालाई विकास निमार्णको आशा देखाएर फोहोर विसर्जन गरिरहेको छ । काठमाडौं उपत्यकाबाट १५ किलोमिटर भित्र रहेको सिसडोल फोहोर व्यवस्थापन सँगै विकासको आशामा लड्डु सँग साटीएको थियोे । नेपाल सरकारले यसै मंसिर अन्तिमसम्म नयाँ साइड बन्चरे डाँडामा फोहोर विसर्जन गर्ने गरि तयारी गर्न आग्रह गरेको छ। विगत १६ बर्ष देखि ककनी गा पा वडा नं १,२ र ३ साथै धुनिबेसी नगरपालिका वडा नं २ र ३ मा पनि फोहोर प्रत्येक्ष असर परिरहेको त्यहाँका स्थानीयवासीले बताएका छन्। विकास बाट ओझेलमा परेको दक्षिणि ककनी गाउँपालिकामा फोहोर विसर्जन सगै विकासको गति लिने आशावादी बनेका जनता हाल सम्म पनि निराशाजनक अवस्थामा छन् । १६ बर्ष पहिले त्यहाँका बुद्धिजीवी, समाजसेवी, शिक्षक ,बिद्यार्थी लगायतको ताली सहितको उपस्थितिमा फोहोर विसर्जन गरिएको थियो ...
ककनीवासीको तुईयो फोहोरसंग साटिएको सपना

ककनीवासीको तुईयो फोहोरसंग साटिएको सपना

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २७ विगत १६ बर्षदेखि नुवाकोट ककनीको सिसडोलमा काठमाडौंको फोहोर व्यवस्थापन हुदैँ आएको छ । तर त्यहि फोहोर संग साटिएको स्थानियको सपना भने तुहिएको छ । सरकारले उक्त फोहोर नुवाकोट र धादिङको सिमाना बन्चेरे डाँडामा व्यवस्थापनको तयारी गरिरहेको छ । सरकारको उक्त निर्णय संगै सिसडोलवासिसंग भएका सम्झौँता कार्यान्वयन समेत गर्न सकेको छैन् । सोहि कारण स्थानिय युवाहरु सरकारले देखाएको आशवासन सहितको सम्झौँता कार्यान्वयन गर्नु पर्ने माग राखि रहेका छन् । नेपाल सरकारले ककनी वडा नं १,२,३ र धुनेबेसी नगरपालिका वडा नं २,३ मा स्वास्थ्य ,शिक्षा र यातायातको बिकासको आशा देखाएर सिसडोलमा फोहोर विसर्जन गरेको छ। तर त्यहाँका जनता भने विगत १५ बर्ष देखि जनतालाई देखाइएको सपना पूरा नभए सम्म नयाँ ल्याण्डफिड साइट बन्चरे डाडाँमा फोहोर विसर्जन गर्न नदिने भनिरहेका छन् ।...
नेपालमा कुल कोरोना संक्रमित २ लाख नाघे, बुधबार २५६९ जना थपिए

नेपालमा कुल कोरोना संक्रमित २ लाख नाघे, बुधबार २५६९ जना थपिए

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाडौं, कात्तिक २६ पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ। बुधबार साँझसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३२९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ६६६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६२ हजार २४३ जना निको भएका छन्। आज देशभर ३८ हजार ९१२ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा २६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११७४ पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पिसिआर परीक्षण भएको छ।...
तीन ठूला सञ्चारगृहमा महासंघको धर्ना

तीन ठूला सञ्चारगृहमा महासंघको धर्ना

ब्यानर समाचार, समाचार
काठमाडौं, कात्तिक २६ नेपाल पत्रकार महासंघले तीन ठूला सञ्चारगृहमा मंगलबार दुई/दुई घण्टा धर्ना दिएकाे छ । अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रा.लि, कारोबार दैनिकको प्रकाशन गृह टीबीआई पब्लिकेसन्स प्रा.लि. र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्यूज पब्लिकेसन प्रा.लि. मा कालो ब्यानर सहित २ घण्टा धर्ना दिएको हाे । कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारहरुको स–सम्मान पुर्नवहाली, यसबीचको तलब–भत्ता उपलब्ध गराउन, दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन पाँच दिने अल्टिमेटम दिएको महासंघले आज ती सञ्चार गृहमा एउटै समयमा विहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिएको हाे । अन्नपूर्ण ...
बिना दर्ता सञ्‍चालित क्रसर उद्योग बन्द गर्न गृहको निर्देशन

बिना दर्ता सञ्‍चालित क्रसर उद्योग बन्द गर्न गृहको निर्देशन

ब्यानर समाचार, राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २५ सरकारले मापदण्डविपरीत र बिना दर्ता सञ्चालित क्रसर उद्योगलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत तथा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव सम्मिलित संयुक्त बैठकले बिना दर्ता सञ्‍चालित सबै क्रसर उद्योगलाई बन्द गर्न र नदी दोहन नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो । आआफ्ना जिल्लाभित्र ढुंगा, गिट्टी तथा बालुवाजन्य कति उद्योग सञ्‍चालनमा रहेको, मापदण्डअनुसार भए/नभएको, सरकारलाई राजस्व बुझाए/नबुझाएको र दर्ता भए/नभएको एकीन विवरण ७ दिनभित्र पेस गर्न गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रजिअहरुलाई निर्देशन दिएको छ । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन...
मंगलबार देशभर २७३६ जना कोरोना संक्रमित थपिए

मंगलबार देशभर २७३६ जना कोरोना संक्रमित थपिए

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २५ पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ८५३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६० हजार ५७७ जना निको भएका छन्। आज देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा २२ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११४८ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ९६० जनाको पिसिआर परीक्षण भएको छ।...
चौतर्फी दबाबपछि कोरोनाको परीक्षण र उपचार नि:शुल्क गर्ने सरकारको निर्णय

चौतर्फी दबाबपछि कोरोनाको परीक्षण र उपचार नि:शुल्क गर्ने सरकारको निर्णय

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २५ चौतर्फी दबाब र आलोचना बढेपछि सरकारले कोरोनाको परीक्षण र उपचार नि:शुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सरकारी अस्पतालमा कोरोनाको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतले कोरोनाको परीक्षण तथा उपचार निःशुल्क गर्न सरकारका नाममा आदेश दिएपछि स्वास्थ्य मन्त्रालयले नि:शुल्क परीक्षण गर्नेबारे मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार नै सरकारले परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । यसअघि सर्वोच्चले नि:शुल्क परीक्षण र उपचार गर्न आदेश दिए पनि सरकारले सबै नागरिकको नि:शुल्क परीक्षण र उपचार गर्न नसक्ने भन्दै सर्वोच्चको फैसलामाथि पुनरावलोकन निवेदन दिएको थियो । सर्वोच्चले पुनरावलोकन नहुने आदेश सुनाएपछि परीक्षण र उपचार नि:शुल्क गर्न सरकार बाध्य भएको हो । त्यस्तै, मन्त्रिपरिषद् बैठकले कोरो...
गणेशमानको जन्मजयन्तीमा बुद्धिनारायण श्रेष्ठलाई शान्ति स्वर्णपदक

गणेशमानको जन्मजयन्तीमा बुद्धिनारायण श्रेष्ठलाई शान्ति स्वर्णपदक

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २४ गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा सोमबार आयोजना गरेको कार्यक्रममा सभामुख अग्नीप्रसाद सापकोटाले सिमाबिद बुद्धिनारायण श्रेष्ठलाई शान्ति स्वर्ण पदकबाट विभूषित गरेका छन् । कार्यक्रममा सामजिक दुरि कायम गर्दै पुर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरिएको थियो । गणेशमान सिंह तथा जन आन्दोलन सहिद स्मृति शान्ती प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा लौह पुरुष गणेशमान सिंहको योगदानको चर्चा गरिएको थियो ।  ...
सोमबार देशभर २५७१ जना कोरोना संक्रमित थपिए

सोमबार देशभर २५७१ जना कोरोना संक्रमित थपिए

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २४ पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ७९८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५९ हजार ७२४ जना निको भएका छन्। आज देशभर ३६ हजार १७४ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११२६ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार १७७ जनाको पिसिआर परीक्षण भएको छ।...
नुवाकोटमा पुन : निषेधाज्ञा, हेर्नुहोस् के गर्न पाईने के नपाईने

नुवाकोटमा पुन : निषेधाज्ञा, हेर्नुहोस् के गर्न पाईने के नपाईने

टिप्स, ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २४ जिल्लामा कोरोना संक्रमण बढे संगै पुन : निषेधाज्ञाको तयारी गरिएको छ । २५ गते राति १२ बजे देखि अर्को निर्णय नभए सम्म लागु हुने गरि निषेधाज्ञाको तयारी गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । निषेधाज्ञा बारे प्रशासन कार्यालयले जारी गरेको यो सुचना हेर्नुहोस् : कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालबाट जिल्लाभर लागू हुने गरी जारी गरिएको आदेश : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को संक्रमण नुवाकोट जिल्लामा पहिलो पटक २०७७ जेष्ठ महिनामा देखिएकोमा हाल कोभिड-१९ को संक्रमित व्यक्तिको संख्या यस जिल्लामा ६१८ पुग्नुका साथै १ जनाको दुःखद निधन समेत भइसकेको छ ।सर्वसाधारण नागरिक एवं स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक, व्यवसायी, सञ्चारकर्मी, जनप्रतिनिधि लगायत सबै क्षेत्रका व्यक्तिमा कोभिड-१...