Friday, March 13
Shadow

ब्यानर समाचार

काठमाडौं महानगरले ‘मिर्गौला बचाउ अभियान’ शुरु गर्दै

काठमाडौं महानगरले ‘मिर्गौला बचाउ अभियान’ शुरु गर्दै

ब्यानर समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २८ काठमाडौँ महानगरपालिकाले ‘मिर्गौला बचाउ अभियान’ शुरु गर्न लागेको छ । २६ औं महानगर दिवसबारे जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक र सरकारी अस्पतालसँगको समन्वयमा यो अभियान शुरु गर्न लागेको जानकारी दिए । ‘काठमाडौँ महानगरपालिकाले सामुदायिक र सरकारी अस्पतालसँगको सहकार्यमा अहिले पनि मिर्गौलामा समस्या भएका महानगरवासीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्ने गरिरहेको छ । सबै काम आफैं गर्नुपर्छ भन्ने होइन । गुणस्तरीय सेवाका लागि विशेषज्ञता हासील गरेका संघ संस्था तथा निकायसँगको सहकार्यमा नागरिकलाई आवश्यक पर्ने सेवा सहज बनाउने हाम्रो प्रयास हो,’ उनले भने । अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्ने, कोविड–१९ को महामारीका बेला अस्पतालहरुलाई पीसीआर मेसिनसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने, कोभिड संक्रम...
प्रदर्शनमा मास्क प्रयोग र भौतिक दूरी कायम गर्न सभापति देउवाको अपील

प्रदर्शनमा मास्क प्रयोग र भौतिक दूरी कायम गर्न सभापति देउवाको अपील

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २८ काँग्रेस सभापति शेरबहादुर देउवाले सोमबारका लागि तय भएको देशव्यापी प्रदर्शनमा कोरोना कहरलाई ख्याल गर्दै मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गर्न अपील गरेका छन् । प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आएपनि सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले सडकमा आउनु परेको देउवाको भनाइ छ । ‘प्रतिपक्षका रूपमा नेपाली काँग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्‍यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो । यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ’, आइतबार देउवाले जारी गरेको अपीलमा भनिएको छ, ‘सरकारप्रतिको वितृष्णा...
हिमालय क्षेत्रको महत्व चिन्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह

हिमालय क्षेत्रको महत्व चिन्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह

ब्यानर समाचार, मौसम, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २८ प्रधानमन्त्री केपी ओलीले हिमालयको महिमा बोध गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । जलवायु महत्वाकांक्षा सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण गर्न र समुन्द्रको पर्यावरणीय सन्तुलन कायम राख्न भन्दै यस्तो आग्रह गरेका हुन् । ‘विश्वव्यापी तापक्रम बृद्धि नियन्त्रण गर्न र समुद्रको पर्यावरणीय संन्तुलन कायम राख्न हिमालयको महिमा बोध गर्नका लागि म विश्वलाई आग्रह गर्दछु’, सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘नेपालले यस वर्षको अन्त्यसम्ममा परिस्कृत एनडीसी प्रस्तुत गर्नेछ र सन् २०५० भित्र शून्यःप्राय कार्बन उत्सर्जनको परिदृश्यमा पुग्न महत्वाकांक्षी दीर्घकालीन रणनीति तर्जुमा गर्नेछ ।’ ओलीले कोरोना संकटको समयमा सम्मेलनको आयोजना गरेकोमा चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्य र संयुक्त राष्ट्र संघको नेतृत्वको सर...
कोरोनाको भ्याक्सिन सहज आपूर्ति सरकारको प्राथमिकता : अर्थमन्त्री पौडेल

कोरोनाको भ्याक्सिन सहज आपूर्ति सरकारको प्राथमिकता : अर्थमन्त्री पौडेल

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २७ अर्थमन्त्री विष्णु पौडलले कोरोनाको भ्याक्सीनलाई सहज आपूर्ति सरकारको प्राथमिकता रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको पाँचौं महासभाको आज काठमाडौँमा उद्घाटन गर्दै मन्त्री पौडेलले कोरोनाको गुणस्तरीय र तुलनात्मक रुपमा सस्तो भ्याक्सीनको सहज आपूर्ति गर्ने सरकारको अबको प्राथमिकता रहेको बताए । विश्वबजारमा सहज हुने बित्तिकै नेपालले पनि कोरोनाको भ्याक्सीन आपूर्ति गर्ने बताउँदै उनले यसबारे अन्य देशहरुसँग छलफल भइरहेको बताए ।...
नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

खेलकुद, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर २७ नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट खेल नेपालले आगामी मार्च २५ मा चाइनिज ताइपेइसित खेल्ने अखिल नेपाल फुटवल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए । एसियन छनोटअन्तर्गत नेपाल समूह ‘बी’मा रहेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले आगामी मार्च ३० मा अष्ट्रेलियासित तथा जुन ७ मा जोर्डनसित खेल्नेछ । कोरोना भाइरसको सङ्क्रमणका कारण सन् २०२० को मार्च र अप्रिलमा हुने एसियाली क्षेत्रको दोस्रो चरणको खेल स्थगित गरिएको थियो । कोरोना कहर नरोकिएपछि एएफसीले छनोट चरणका खेल सन् २०२१ मा गर्ने निर्णय गरेको ह...
नुवाकोटको दुई सहित स्वयम्भूबाट गैंडाको खागसहित पाँच जना पक्राउ

नुवाकोटको दुई सहित स्वयम्भूबाट गैंडाको खागसहित पाँच जना पक्राउ

अपराध, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर २६ स्वयम्भूबाट गैंडाको खाग सहित पाँच जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौं महानगर-१५ स्वयम्भू किमडोलबाट पाँच जनालाई पक्राउ गरेको हो। अवैध रुपमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको टोली खटिएको थियो। पक्राउ पर्नेमा काठमाडौं झोँछेका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ छन्। त्यस्तै नुवाकोट मेघाङ गाउँपालिका-६का २६ वर्षीय रामसिंह तामाङ र २२ वर्षीया मुना तामाङ छन्। बिक्री वितरण गर्न कोठामा राखिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई खागसहित पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए। उनीहरूमाथि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ।...
प्रधानमन्त्री ओलीले गरे राप्रपा सांसद लिङ्देनलाई फोन

प्रधानमन्त्री ओलीले गरे राप्रपा सांसद लिङ्देनलाई फोन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौ, मंसिर २६ प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्थाबारे चासो राखेका छन् । शुक्रबार बिहान लिङ्देनलाई फोन गरेर उनले शीघ्र स्वास्थ्य लाभको शुभकामनासमेत दिएका छन् । ओलीको फोन लिङ्देनका छोरा स्वाधीनले उठाएका थिए । उनका अनुसार फोनमा ओलीले कुनै समस्याबारे आफूलाई खबर गर्न भनेका छन्। लिङ्देनका स्वकीय सचिव छत्र कडायतका अनुसार हाल लिङ्देनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । बिहीबार निमोनिया भएको पुष्टि भएपछि झापाको विएण्डसी अस्पतालबाट उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको थियो । अक्सिजन लेभल कम भएकाले उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । कडायतका अनुसार शुक्रबार बिहान लिङ्देनको अवस्था बुझ्न पार्टी अध्यक्षद्वय कमल थापा र प्रकाशचन्द्र लोहनीसमेत अस्पताल पुगेका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपनि केही दिन अघ...
हुस्सुले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा असर

हुस्सुले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा असर

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, मौसम, समाचार
काठमाण्डौँ, मंसिर २६ काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेपछि उडानमा असर भएको छ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडानमा असर गरेको हो । मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित भएको छ । बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी (दृश्य क्षमता) कम भएका कारण अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान प्रभावित भएको विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले जानकारी दिए । उनका अनुसार आज बिहान चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाज मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बिहान करिब साढे ६ बजे उक्त जहाज अवतरण गरे पनि लगत्तै बाक्लो हुस्सु लागेपछि विमानस्थलमा कुनै पनि जहाजको उडान अवतरण भएको छैन । हुस्सु खुलेपछि मात्र उडान सामान्य हुने निमित्त महाप्रबन्धक कर्णले बताए । अन्तर्र...
७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजनामा सरकार

७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजनामा सरकार

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २५ नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको र उनीहरुबाहेक सबैलाई खोप लगाउने योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । अहिले बन्न थालेको खोप १५ वर्षभन्दा माथिका उमेर समूहलाई मात्र परीक्षण गरिएकाले नेपालमा पनि सोही समूहका व्यक्तिलाई लगाइने छ । नेपालमा १५ वर्षमुनिका २८ प्रतिशत जनसङ्ख्या रहेको र उनीहरुलाई खोप लगाइने छैन । उहाँले बालबालिकाभन्दा माथिका उमेर समूहमा परीक्षण भएर सफल भएपछि तिनलाई पनि खोप लगाइने जानकारी दिनुभयो । सरकारले पहिलो चरणमा २० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउ...
२८ र २९ गते देशभर सरकार विरुद्ध प्रर्दशन गर्दै नेविसंघ

२८ र २९ गते देशभर सरकार विरुद्ध प्रर्दशन गर्दै नेविसंघ

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २५ नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आगामी मङ्सिर २८ गते देशभर सिठ्ठी फुकेर सरकार विरोधी आन्दोलन गर्ने भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका पछिल्ला गतिविधिको विरोधमा मङ्सिर २९ गते देशभर प्रदर्शन गर्न लागेको छ । त्यसको प्रचारस्वरुप २८ गते देशका मुख्य शहरहरुमा सिठ्ठी बजाएर सरकार विरोधी आन्दोलन गर्न लागेको हो । नेपाल विद्यार्थी संघको केन्द्रीय समितिले आज एक विज्ञप्ति जारी गर्दै सबै जिल्लामा आन्दोलनको लागि आह्वान गरेको हो । ...