काठमाण्डौँ, कार्तिक ४
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ जना कोरोना संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको छ।
संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार १०८ छ। योसँगै हालसम्म ९६ हजार ६०९ जना निको भएका छन्।
आज देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७६५ पुगेको छ।...
काठमाण्डौँ, कार्तिक ४
कैलालीमा केराउ तस्करलाई नियन्त्रणमा लिन खोज्दा सो समूहले प्रहरीको हत्या गरेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा शनिबार राति मोहना नदीबाट तस्करले केराउ निकासी गर्न खोजेका थिए ।
सोही क्रममा गस्तीमा निस्किएका कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदमाथि तस्कर समूहले आक्रमण गरेको खुलेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।
प्रहरीले हत्यामा संलग्न सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै नेपाली हुन् । प्रहरीमाथि आक्रमण गर्ने समूह ९ देखि ११ जनासम्म रहेको पाइएको छ । उनीहरुलाई आजै सार्वजनिक गर्ने तयारी छ । असई विकको शव आइतबार बिहान र प्रहरी जवान साउँदको शव आज मोहना नदीमा फेला परेको थियो । दुवैको विभत्स हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेक...
नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाले सोमबार सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं ३ स्थित धुस्कुन स्वास्थ्य चौकीमा सोलार बत्ति,N95 मास्क,सेनेटाइजर लगाएतका अत्यावश्यक सामग्रीहरु बितरण गरेका छन्।
त्यसैगरी वडा कार्यालयको प्रयोजनका निम्ति जिल्लाको भोटेकोसी गाउँपालिका वडा नं ३ का अध्यक्ष श्री कैलास पौडेल लाइ सोलार बत्ति,N95 मास्क,सेनेटाइजर लगाएतका अत्यावश्यक सामग्रीहरु सोमबार नै महामन्त्री तिमल्सिनाले हस्तान्तरण गरेका छन् ।
कोरोना भाईरसको महामारी,विभिन्न समयमा आएको बाढि पहिरो लगाएत बिपत्ति र जिल्लाले बहोर्नपरेको पीडामा मल्हम लगाउन तिमल्सिनाको नेतृत्वको टोली संगै जिल्ला पार्टी तथा भातृ एबं सुभेक्षुक संस्थाका नेताहरू सम्मीलित टोली जिल्लामा निरन्तर क्रियाशिल छ । बिस्थापित हरुको राहत,उद्वार र पुनर्स्थापनामा जिल्लाामा अग्रणी भुमिकामा रहेका नेबिस...
There is a great number of different Mobile phone Casinos With PlayTech Software gambling establishment video games nowadays. For instance, ICT supply in the residence (open public into exclusive) and cellular telephone engineering into the streets (exclusive into open public). Observe that the some of the activities may be blocked from take up within several locations, the USA particularly. (more…)
Casino poker is the most popular playing card match present in the global universe, known due to an important celebrated proficiency match, and game. You can have fun with every single one of our free slot machines with no download and no sign up on both desktop computer, mobile and pill. Best trusted online gambling house Malaysia position game titles give a right range of 100 % free re-writes, employing which the gambler may well look at a fabulous superior probability in the hitting income. (more…)
काठमाण्डौँ, कार्तिक ३
गृह मन्त्रालयले दशैँमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ ।
कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको हो ।
गृहले चाडबाडको बेलामा मानिसको आवत जावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन हरसम्भवका उपाय अपनाउन पनि सीडीओ र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको छ ।
चाडपर्वलाई व्यवस्थित बनाउन र आपूर्ति प्रणाली सहज बनाउन निर्देशन दिइ सकिएको पनि गृहले जनाएको छ ।
...
काठमाण्डौँ, कार्तिक ३
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङलाई कोरोना पुष्टि भएको छ । आज गरिएको पिसिआर परिक्षणमा उनलाई कोरोना पुष्टि भएको हो ।
उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई स्वास्थ्यको ख्याल गर्न र सर्तक रहन अनुरोध गरेका छन् । उनले फेसबुकमा आफूलाई कोरोना लागेको बताएका छन् ।
यस अघि सरकारका २ मन्त्रीहरुमा कोरोना संक्रमण भएको थियो । संक्रमण भएका मध्ये पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेल छन् । नेम्वाङ कोरोना संक्रमित तेस्रो मन्त्री हुन् ।...
काठमाण्डौँ, कार्तिक ३
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार आठ, भक्तपुरमा ९९ र ललितपुरमा २८१ कोरोना संक्रमित थपिएका हुन् ।
आइतबार काठमाडौंमा एक हजार ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० गरी एक हजार ६९८ कोरोना संक्रमित थपिएका थिए । शनिबार काठमाडौंमा एक हजार ४५१ , भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी १७४६ कोरोना संक्रमित थपिएका थिए ।...