Saturday, April 20
Shadow

काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना


  • -इ
  • इ+

काठमाडौँ, फागुन ६ । पश्चिम वायुको प्रभाव कायमै रहँदा आज काठमाडौँ उपत्यकासहितका देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।दिउँसो १ बजेपछि काठमाडौँ उपत्यकासहित पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार दिउँसो काठमाडौँसहित प्रदेश २ र बागमती प्रदेशका पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो तापक्रम २४ डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा शनिबार रातिसम्म ठाउँठाउँमा हिमपातको पूर्वानुमान गरिएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फाल्गुन ०६ गते (बिहीबार)

दिउँसो :  प्रदेश- २ र बागमती प्रदेशलगायत देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : प्रदेश नं १ मा आंशिक बदली रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

फागुन ०७ गते (शुक्रबार)

दिउँसो :  प्रदेश १, र प्रदेश २, लागायत देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : प्रदेश १, प्रदेश २ लगायत देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

फागुन ०८ गते (शनिबार)

दिउँसो :   प्रदेश न १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares