Monday, October 12
Shadow

Author: Interview Nepal

कृष्णनगरमा समन्वय बैठक :- धार्मिक सहिष्णुता कायम गर्नुपर्ने सरोकारवालाको जोड

कृष्णनगरमा समन्वय बैठक :- धार्मिक सहिष्णुता कायम गर्नुपर्ने सरोकारवालाको जोड

ब्यानर समाचार 2, मुख्य समाचार
अजय मिश्र,कपिलवस्तु, असोज २२ जिल्ला सुरक्षा समिति कपिलवस्तुको आयाेजनामा कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य सघंको सभाहलमा दशैलाई लक्षित गरी कृष्णनगरमा जिल्ला सुरक्षा समिति कपिलवस्तुका अध्यक्ष विश्व प्रकाश अर्यालको अध्यक्षतामा सराेकारवालाहरु संग अन्तक्रिर्या कार्यक्रम गरिएको छ । कार्यक्रममा पूर्व मंत्री, ईश्वर दयाल मिश्र, पूर्व सांसद अभिषेक प्रताप शाह, कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकी, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, शिवराज नगरपालिका प्रमुख अजय थापा, लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष राम कुमार गुप्ता, अकिल मियाँ, अहसान अहमद खां, मिर्जा राशिद लगायत अन्य अतिथिका रूपमा रहेका थिए। इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले सुरक्षा सम्ब...
इलाका प्रहरी कार्यालय, गणेशपुरको नागरिक सुनवाई कार्यक्रम सम्पन्न

इलाका प्रहरी कार्यालय, गणेशपुरको नागरिक सुनवाई कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, असोज २१ कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको राम लौटन द्रोपदी माध्यमिक विद्यालयमा आज इलाका प्रहरी कार्यालय गणेशपुरको नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दको अध्यक्षता विशिष्ट अतिथामा विजयनगर गाउँपालिका प्रवक्ता तथा वडा नं ७ का वडाध्यक्ष दिनेश कुमार चौधरी तथा वडा नं ५ का वडाध्यक्ष अनवार अहमद रहेका थिए। कार्यक्रममा उपस्थित माझ जानकारी गराउदै प्रहरी निरिक्षक चन्दले आर्थिक बर्ष २०८०/८१ मा १८ ओटा मुद्दा दर्ता भएको चार वटा मुद्दा किनारा लागि सकेको १४ वटा अझै फैसला हुन बाकी रहेको, ५१ वटा ठाडो निवेदन परेको जस्मा ४५ वटा किनारा लागि सकेको तथा ६ वटा अझै बाकी रहेको, विभिन्न समयमा नागरिक प्रहरी सहकार्य कार्यक्रम मार्फत जनचेतना मूलक कार्यक्रम गर्दै आएको जानकारी गराउदै उपस्थित जन समुदाय माझ प्रहरीले...
इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा बसपार्कमा नागरिक सहायता कक्ष स्थापना

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा बसपार्कमा नागरिक सहायता कक्ष स्थापना

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कृष्णनगर, असोज १६ कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको बसपार्कमा इलाका प्रहरी कार्यालय कृष्णनगरले आज एक कार्यक्रम बिच नागरिक सहायता कक्ष स्थापना गरेको छ। नेपालको प्रमुख भन्सार नाका कृष्णनगर हुदैं बर्सेनि लाखौं नागरिक आवत जावत गर्छन्। दशै तिहार तथा छठमा परदेशीएका नागरिक हरू आ आफ्नो घर फर्किएर चाडपर्वमा आफन्तजन संग दशै तिहार मनाउने गर्छन। सोही कुरा लाई मध्य नजर गर्दे भारत लगायत अन्य मुलुक बाट कृष्णनगर भन्सार हुदैं  नेपाल भित्रिने नेपाली लाई आवश्यक सहायता तथा सहजता उपल्बध गराउने उद्देश्यका साथ नागरिक सहायता कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए। कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ताले भारत बाट दशै तिहार मनाउन आउने नेपाली लाई सहजता उपलब्ध गराउने उद्देश्यका साथ स्थापना गरिएको ना...
उपाध्यक्ष मशहूदले मदरसाको समस्याबारे शिक्षा मन्त्री लाई दिए ज्ञापन पत्र

उपाध्यक्ष मशहूदले मदरसाको समस्याबारे शिक्षा मन्त्री लाई दिए ज्ञापन पत्र

ब्यानर समाचार 2, समाचार
काठमाडौँ, असोज ११ लुम्बिनी मदरसा बोर्ड नेपालका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले केन्द्रीय शिक्षामन्त्रीसँग महत्वपूर्ण भेटघाट गरेका छन्। सो भेटघाटमा उनले शिक्षामन्त्रीलाई मदरसाहरूको समस्या र समाधानका लागि विस्तृत ज्ञापनपत्र पेश गरेका छन्। मौलाना मशहूद खान नेपालीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई लाई भेटेर मदरसाहरूको विविध समस्याहरू जस्तै पाठ्यक्रमको व्यवस्थापन, शिक्षकहरूको तलब, मदरसाहरूको पूर्वाधार, र छात्रवृत्ति जस्ता विषयहरूमा विस्तृत छलफल गरे।  मदरसाहरू नेपालको शैक्षिक प्रणालीको एक महत्वपूर्ण हिस्सा हुन् र उनीहरूको समस्यालाई समाधान गर्न सरकारले गम्भीर कदम चाल्नुपर्ने बताए मशहूदले आफ्नो धारणा राखे। शिक्षामन्त्रीले मौलाना मशहूद खान नेपालीले ध्यानाकर्षण गराएका बिषयमा  सकारात्मक प्रतिक्रिया दिँदै सरकार मदरसाहरूको समस्याको समाधानका लागि व्यावहारिक कदम चाल्ने आश्व...
उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना

उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना

समाचार
  असोज, ३  कपिलवस्तु आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा विहिवार विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ । संविधान दिवसका अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेपालीहरुलाई बधाई तथा शुभकामना सन्देश दिदै मुस्लिम समुदाय लाई समेत अल्पसंख्यक समुदायमा राख्नु पर्ने माग गरे। साथै संविधानको मर्म र भावना व्यवहारमा कार्यन्वयन गर्न पिछडा वर्ग लाई समेत अगाडि बढाउनु पर्नेमा जोड दिनुपर्ने बताउदै असन्तुष्ट पक्षको जायज माग दुई तिहाई बहुमत बाट संविधान सन्सोधन गर्नुपर्ने आवश्यक रहेको बताए। नेपालीले आफ्नो शुभकामना सन्देशमा वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प...
नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियान प्रती कपिलवस्तुमा पत्रकारहरु रुष्ट 

नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियान प्रती कपिलवस्तुमा पत्रकारहरु रुष्ट 

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु, भाद्र ३० नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विगतका दिनमा चलाएको शुद्धिकरण अभियान आफैमा अशुद्ध भएको जानकार हरु बनाउछन्। जिल्ला , प्रदेश तथा केन्द्रीय समितिमा समेत आफ्नो आसेपासे तथा अन्य लाई बचाएर अरु जस्को पहुँच कम भएका तथा पत्रकारिता रूपमा सक्रिय रहे पनि शुद्धिकरणका नाममा उनीहरूको नाम हटाइएको छ। केन्द्रीय समितिले जारी गरेको सर्कुलर अनुसार स्थायी, अस्थायी, करार कर्मचारी तथा अन्य पेशामा आबद्ध रहेका तथा पत्रकारिता क्षेत्रमा लामो समय देखि निष्क्रिय रहेका र अन्य मापदंड बनाई नेपाल अधिराज्यभर शुद्धिकरण अभियान चलाएको थियो। तर त्यो अभियान भने सोझा साझा र माथिल्लो निकायमा पहुच न भएको लाई मात्र लागु हुने जस्तो मात्र सिमित रहेको कपिलवस्तुका एक जना सक्रिय पत्रकारले बताएका छन्। साथै पत्रकार महासंघ कपिलवस्तु शाखामा पनि पहुँचका बलमा शुद्धिकरण अभियान लाई लजास्पद बनाइएको घटना बाहि...
भव्य र सभ्य तरिकाले कृष्णनगरको गणेश मूर्ति विसर्जन

भव्य र सभ्य तरिकाले कृष्णनगरको गणेश मूर्ति विसर्जन

ब्यानर समाचार 2, मुख्य समाचार
अजय मिश्र/कपिलवस्तु, भाद्र २८ कपिलवस्तुको कृष्णनगरमा आज गणेश चतुर्थीको अवसरमा स्थापना गरिएको मूर्ति प्रहरीको सुरक्षाको साथ पोखरीमा विसर्जन गरिएको छ । कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगरको गोलघर बाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो। भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् । कृष्णनगर बजार क्षेत्रमा गणेश चतुर्थीको अवसरमा तीन स्थानमा मूर्ति स्थापना गरेर धर्मशास्त्र अनुसार पुजापाठ गरी मूर्ति विसर्जन गरिएको हो । तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले गणेश चतुर्थी धूमधामका साथ मनाएर स्थापना गरिएका मुर्ति विसर्जन गर्ने गरीन्छ । मुर्ति बिसर्जनका क्रममा अप्रिय घटना नहोस भनेर प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्तिलाई नगर परिक्रमा गराइ विसर्जन स्थल सम्म पुर्याइएको थियो । कृष्णनगरमा बजार क्षेत्र हुदै ज...
लागु औषध ब्राउन सुगर र मोटरसाइकिल सहित दुई जना कृष्णनगर प्रहरी नियन्त्रणमा

लागु औषध ब्राउन सुगर र मोटरसाइकिल सहित दुई जना कृष्णनगर प्रहरी नियन्त्रणमा

मुख्य समाचार
कपिलवस्तु, कृष्णनगर २७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ लिंक गेट स्थित बाट ५०५ मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो र मोटरसाइकिल सहित दुई जना ईलाका प्रहरी कार्यालय कृष्णनगरको नियन्त्रणमा रहेका छन्। भारत बाट नेपाल छिर्न लागेका लु. ९४ प. १४७१ नम्बर प्लेटको मोटरसाइकिल शंका लागि चेकजांच गर्दा मोटरसाइकिल चालक कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ६ बस्ने ३६ बर्षिय कलाम अहमद खां र मोटरसाइकिलमा पछाडि सवार शिवराज नगरपालिका वडा नं ६ बस्ने बर्ष २२ का अजय यादव लाई चेकजांच गर्दा अजय यादवको साथ बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ५०५ मिलिग्राम फेला परेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन्। दुबै जनालाई मोटरसाइकिल सहित पक्राउ गरि लागु औषध ब्राउन सुगर मुद्दामा कपिलवस्तु जिल्ला अदालत बाट म्याद ...
सिपमुलक शिक्षा, आजको आवश्यकता  – अध्यक्ष पाण्डेय

सिपमुलक शिक्षा, आजको आवश्यकता – अध्यक्ष पाण्डेय

ब्यानर समाचार 2, मुख्य समाचार
अजय मिश्र , कपिलवस्तु, भाद्र २४ कपिलवस्तु प्राविधिक प्रतिष्ठानले आज एक कार्यक्रमका बीच २०८१/०८२ का नया बिद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण (Orientation) कार्यक्रम सम्पन्न गरेको छ । स्वागत तथा अभिमुखी करण कार्यक्रममा निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले रोजगार वा विना सीप हाम्रो जीवन चल्न नसक्ने बताउँदै त्यसका लागि सीपमूलक शिक्षा नै चाहिने बताए । पाण्डेयले सीपमूलक शिक्षा प्राप्त गर्नका लागि प्रविधिमा आधारित शिक्षा हुनु पर्ने बताउदै प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्न सक्ने बताए । कार्यक्रममा शुभकामना मनतब्य प्रशासकीय अधिकृत पुनीत कुमार मिश्र, कोअर्डिनेटर हरि बहादुर थारु र अभिभावकको तर्फबाट मोहम्मद हुसेन, स्वागत प्रशिक्षक यदुराम पौडेलले शुभकामना मन्तव्य राखेका थिए ...
कृष्णनगरमा तिज महोत्सव , पूजा अर्चना गरि तिज मनाइयो

कृष्णनगरमा तिज महोत्सव , पूजा अर्चना गरि तिज मनाइयो

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कृष्णनगर भाद्र २१ कपिलवस्तु जिल्लाको कृष्णनगरमा नगरपालिका वडा नं २ मा रहेको नगरपालिका कार्यालयको छेउमा रहेको राम कृष्ण मन्दिरमा आज तिज महोत्सव कार्यक्रम समपन्न भएको छ। श्री राम कृष्ण मन्दिर संरक्षण समितिको आयोजना तथा कृष्णनगर नगरपालिका वडा नं २ को सहयोगमा तिज महोत्सव कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महिलाहरु पूजा अर्चना तथा नाचगान गरि तिज मनाएको श्री राम कृष्ण मन्दिर संरक्षण समिति अध्यक्ष राम सुध गुप्ताले जानकारी दिए। श्री राम कृष्ण मन्दिर संरक्षण समितिका सचिव अमृत लाल गुप्ता कोषाध्यक्ष जगदीश गुप्ता लगायत सदस्य सत्य नारायण गुप्ता, प्रसान्त गुप्ता, कृष्ण कुमार, दिलिप गुप्ता, दीपक गुप्ता, दीपेन्द्र गुप्ता, संदीप गुप्ता, संदीप मोदनवाल, आशीष कौशल लगायतले महोत्सवको व्यवस्थापन तथा भक्तजन लाई प्रसादको व्यवस्था मिलाएका थिए। कार्यक्रममा आएका अतिथि हरु कृष्णनगर नगरपालि...