उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना
असोज, ३ कपिलवस्तु
आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा विहिवार विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ ।
संविधान दिवसका अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेपालीहरुलाई बधाई तथा शुभकामना सन्देश दिदै मुस्लिम समुदाय लाई समेत अल्पसंख्यक समुदायमा राख्नु पर्ने माग गरे। साथै संविधानको मर्म र भावना व्यवहारमा कार्यन्वयन गर्न पिछडा वर्ग लाई समेत अगाडि बढाउनु पर्नेमा जोड दिनुपर्ने बताउदै असन्तुष्ट पक्षको जायज माग दुई तिहाई बहुमत बाट संविधान सन्सोधन गर्नुपर्ने आवश्यक रहेको बताए।
नेपालीले आफ्नो शुभकामना सन्देशमा वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प...









