Tuesday, May 12
Shadow

Author: Interview Nepal

तपाईको आजको दिन कस्तो रहला  ?

तपाईको आजको दिन कस्तो रहला ?

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पूरानो स्वास्थ्य समस्या बल्झिन सक्छ। शैक्षिक क्षेत्रको काम सोचेअनुरूपले नबढ्नाले दिग्दारी महसुस हुन सक्छ । असीमित धन खर्चले चिन्ता बढाउनेछ । योजना अनुरूपको काम नहुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शैक्षिक क्षेत्र अब्बल रहनेछ । सन्तान सुख मिल्नेछ । साथीभाई र आफन्तको प्रगतिमा मन रमाउनेछ । सेयरबजार र भूमी सम्बन्धीको कारोबारबाट अधिक लाभ मिल्न सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । तर महत्वपूर्ण योजना गोप्य नराखे नजिकका व्यक...
म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, दमन रोक्न राष्ट्रसंघको आग्रह

म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, दमन रोक्न राष्ट्रसंघको आग्रह

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २० । म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ जनाको मृत्यु भएको छ । साथै एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ । बुधबार र बिहीबार मात्र सेनाको गोली लागी दर्जनौं प्रदर्शनकारी मारिएका छन्। यसपछि संयुक्त राष्ट्रसंघका अधिकार प्रमुखले बिहीबार सेनालाई प्रदर्शनकारीहरूको हत्या र उनीहरूमाथिको दमन रोक्न आग्रह गरेका छन् । म्यान्मारमा प्रदर्शनको सबैभन्दा भयावह दिन पछि यी टिप्पणीहरू आएका हुन् । बुधबार प्रजातन्त्रको पुनः वहालीको माग गर्दै गरिएका जुलुसमा सुरक्षा बलले भीडमा गोली हानेको टेलिभिजन तथा सामाजिक सञ्जालमा आएका दृश्यहरूमा देखाइएको छ । संयुक्त राष्ट्र सङ्घका अधिकार प्रमुख मिशेल बाचलेटले सुरक्षा निकायहरूलाई शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुप्रति उनीहरुको क्रुर कारबाही रोक्नू आग्रह गरेका हुन् । संयुक्त राष्ट्रसङ्घीय अधिकारमामिला ...
नेकपाको ओली पक्षले पनि बोलायो संसदीय दलको बैठक, प्रचण्ड–माधवलाई पनि निम्तो

नेकपाको ओली पक्षले पनि बोलायो संसदीय दलको बैठक, प्रचण्ड–माधवलाई पनि निम्तो

मुख्य समाचार, राजनिती
काठमाडौं, फागुन २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षले संसदीय दलको बैठक बोलाएको छ। प्रधानमन्त्री एवम् दलका नेता ओलीको निर्देशनमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका नेकपाका सबै सदस्यलाई उपस्थित हुन निर्देशनसहित संसदीय दलको बैठक बोलाइएको हो। संसद अधिवेशनको अघिल्लो दिन फागुन २२ गते दिउँसो ३ बजे संसद भवन बाँनेश्वरमा उपस्थित हुन निर्देशन दिइएको प्रमुख सचेतक विशाल भट्टराईले बताए। प्रधानमन्त्री एवम् दलका नेता ओलीको निर्देशनमा १ सय ७३ जना संसादलाई अनिर्वाय उपस्थितका लागि निर्देशन दिएको छ।...
कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
कञ्चनपुर , फागुन २० । कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । नेपाल–भारत सीमा क्षेत्र नजिकै गस्ती गरिरहेको प्रहरी टोलीमाथि तस्करहरुको समूहले गोली चलाएपछि जवाफी फायरिंगमा एक भारतीय नागरिकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाका अनुसार ४ जनाको संख्यामा रहेका तस्करहरुको समूहले प्रहरीमाथि गोली चलाएको हो । गस्तीमा रहेका एक प्रहरी सामान्य घाइते भएको उनले बताए । मृतक भारतीय नागरिकको सनाखत हुन सकेको छैन । उनको उमेर अन्दाजी २५ वर्ष छ । मृतकको साथबाट नक्कली नोट छाप्ने मेसिन र कागजातसँगै लागूऔषध समेत बरामद भएको डिएसपी थापाले बताए ।     ...
सबिता ढुंगानाको लोक दोहोरी गित शितल दिने कर्के नजर बजारमा

सबिता ढुंगानाको लोक दोहोरी गित शितल दिने कर्के नजर बजारमा

मनोरञ्जन
  काठमाडौं ,फागुन २० । नेपाली लोक गित संगीत को बजारमा दिनै जसो लोक नयां नयां लोक दोहोरि गित हरु बजारमा आइरहेका छन्। पछिल्लो समय कांठ क्षेत्र का गितहरु धेरै भन्दा धेरै बजारमा आएका छन् र धेरै जस्तो गितहरुले अत्याधिक चर्चा कमाएका छन् । त्यसै सिलसिलामा गायिका सबिता ढुंगाना को लोक दोहोरि कोशेलि शितल दिने कर्के नजरमाु बजारमा आएको छ । गितको लोक लय शब्द सबिता ढुंगाना को स्वयंको रहेको छ भने स्वर मा रामेश्वोर भण्डारी र राज तिमिल्सिना ले साथ दिएका छन् गीतको निर्माण मिलन फिल्म्स ले गरेको हो, निर्देशन मिलन श्रेष्ठ, मुकेश हुमागाई को छायांकन रहेको गीतको सम्पादन रोशन धिताल ले गरेका छन्। भिडियोमा सिर्जना किराती, सुरज श्रेष्ठ, मन्दिर ढुंगाना लगायत को अभिनय रहेको छ । नेपाली लोक दोहोरि छेत्र आफ्नो पहिचान स्थापित गर्न यो गित ले केहि टेवा पुग्ने गायिका सबिता ढुंगाना ले बताउनु भयो गित डी ए आर मुभिज...
सहमति भएसँगै विप्लवका नेता कार्यकर्तालाई छाड्न सरकारको निर्देशन

सहमति भएसँगै विप्लवका नेता कार्यकर्तालाई छाड्न सरकारको निर्देशन

मुख्य समाचार, राजनिती
काठमाडौं , फागुन २० । सरकारकाले विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई रिहा गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो । मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका तेस्रो वरियताका नेता धमेन्द्र बास्तोलालाई शुक्रबार रिहा गर्ने तयारी छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार २७ फागुन २०७५ मा प्रतिबन्ध लागेयता विप्लव समूहका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् ।...
मन्त्रिपरिषदद्वारा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा, तीनबुँदे सहमति अनुमोदन

मन्त्रिपरिषदद्वारा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा, तीनबुँदे सहमति अनुमोदन

ब्यानर समाचार
काठमाडौँ, फागुन २० । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमतिलाई अनुमोदन गर्दै प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो । यसअघि आजै सरकार र चन्द समूहबीच तीन बुँदे सहमति भएको थियो । नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्नेलगायतका विषयमा सहमति भएको थियो । सरकार र विप्लव समूहबीच भएको सहमितको विस्तृत विवरण शुक्रबार विशेष कार्यक्रमबीच सार्वजनिक गरिँदै छ । साथै उक्त विशेष समारोहलाई प्रधानमन्त्री ...
पार्टी फुट्न नदिन पोख्रेल र भुसालबीच सिंहदरबारमा भेटवार्ता

पार्टी फुट्न नदिन पोख्रेल र भुसालबीच सिंहदरबारमा भेटवार्ता

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन २० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई नेताहरु लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र स्थायी कमिटी सदस्य घनश्याम भुसालबीच भेटवार्ता भएको छ । राजनीतिक रुपमा विभाजित भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कानुनी रुपमा फुटतर्फ अग्रसर भइरहेका बेला दोस्रो तहका दुई नेताहरु पोख्रेल र भुसालबीचको विहिबार सिंहदरबारमा भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । नेकपालाई विभाजन हुन दिनु हुदैन भन्ने नेताहरु मध्येका पोख्रेल ओलीका विश्वास पात्र मानिन्छन् भने नेता भुसाल माधवकुमार नेपालका विश्वासपात्र मानिन्छन् । भेटमा दुवैले सहमति र एकताको नयाँ विन्दु खोज्ने प्रयास गरेको बताइएको छ । एकताको नयाँ विन्दुमा जान स्पष्ट खाका भने दुवै जनाले प्रस्तुत नगरेको बुझिएको छ । प्रचण्ड(नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामालाई अनिवार्य शर्त बनाए...
छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ

छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
कावासोती , फागुन २० । विनयी त्रिवेणी गाउँपालिकाबाट छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । वडा नं ४ सर्दीका ३८ वर्षीय बुबा पक्राउ परेका हुन् । तेह्र वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । पछिल्लो पटक मङ्सिर ८ गते छोरीलाई बलात्कार गरेर भारत फरार भएका आरोपित बुबा बुधबार घर फर्केपछि घटना खुलेको हो । बुधबार घर फर्केपछि घरमा झगडा हुँदा स्थानीयवासीले घटनाबारे थाहा पाएका थिए । घटनाबारे जानकारी पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । स्थानीयबाट जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुम्कीबासबाट प्रहरी निरीक्षक विकास बमको नेतृत्वमा घटनास्थल पुगेको टोलीले आरोपित बुबालाई आज गिरफ्तार गरेको छ । प्रारम्भिक अनुसन्धानमा बुबाले पीडित बालिकामाथि पटकपटक बलात्कार गरेको खुलेको प्रहरी नाय...
प्रचण्ड-नेपाल पक्षद्वारा ओली र नेम्वाङलगायतलाई हटाउने निर्णय संसद सचिवालयलाई जानकारी

प्रचण्ड-नेपाल पक्षद्वारा ओली र नेम्वाङलगायतलाई हटाउने निर्णय संसद सचिवालयलाई जानकारी

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समुहले संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुबासचन्द्र नेम्वाङ र सचेतक शान्ता चौधरीलगायतका नेताहरुलाई हटाएको बारे संसद सचिवालयलाई जानकारी दिएको छ । विहिबार प्रमुख सचेतक देव गुरुङ, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, दिनानाथ शर्मा, पम्फा भुसाल लगायतका नेताहरु संसद सचिवालय पुगेर पार्टीको केन्द्रीय कमिटीले गरेको निर्णय जानकारी गराएका हुन् । नेकपाको प्रचण्ड-नेपाल पक्षको बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले ओलीसहित नेम्वाङ र चौधरीलाई संसदीय दलको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो ।...