Wednesday, May 1
Shadow

ट्रम्पलाई महाअभियोग लगाउने डेमोक्रेटको तयारी


  • -इ
  • इ+

काठमाडौँ , पुस २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने निश्चित भएको छ । डेमोक्रेट सांसदहरुले सोमबार हाउस अफ रेप्रीजेनटेटिभमा ट्रम्पविरुद्ध महाअभियोग लगाउने अन्तिम तयारी गरेका छन् ।

अमेरिकी संसदमा भएको आक्रमणपछि राष्ट्रपति ट्रम्पमाथि आफ्नो कार्यकाल नसकिदै पद छोड्न दबाब बढेको छ ।राष्ट्रपति ट्रम्पकै पार्टी रिपब्लिकनका सिनेटर र अन्य नेताहरुले ट्रम्पलाई राजीनामा दिएर अपराधिक आरोप लाग्नबाट बच्न सुझाव दिएका छन् ।

डेमोक्रेटहरुले यसैसाता ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउने तयारि स्वरूप् आफ्ना सबै सांसदअह्रुलाई वाशिंगटन पुग्न हवीप जारी गरेका छन् ।डेमोक्रेटहरुको ट्रम्पविरुद्धको महाअभियोगको लागि देशभर व्यापक समर्थन मिलेपनि रिपब्लिकन सिनेटरहरुले भने अहिलेसम्म महाअभियोगको पक्षमा मतदान गर्ने बताएका छैनन् ।

तर केहि रिपब्लिकन सिनेटरहरुले राष्ट्रपति ट्रम्पलाई राजीनामा दिन सुझाव दिएका छन् । सिनेटर पाट टूमीले आइतबार राजीनामा गर्नुनै ट्रम्पका गाडी सहि विकल्प भएको बताएका छन् ।

यस अघि अलास्काका रिपब्लिकन सिनेटर लिसा मुर्कोव्सकीले ट्रम्पले राजीनामा दिनुपर्ने बताएकी थिइन ।

यसैबीच क्यालिफोर्नियाका पूर्व रिपब्लिकन गर्भनर एवं अभिनेता आर्नोल्ड स्वाजनेगरले राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमै सबै भन्दा खराब राष्ट्रपति भएको प्रतिक्रिया दिएका छन् । आर्नोल्डले सामाजिक संजालमा एक भिडियो सन्देश जारी गर्दै ट्रम्पको आलोचना गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares