Friday, April 19
Shadow

Tag: स्मार्ट

स्मार्ट लाइसेन्सको  छपाई कार्य बन्द !

स्मार्ट लाइसेन्सको छपाई कार्य बन्द !

आर्थिक, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, चैत्र ११ सवारी चालक अनुमति पत्रको छपाई कार्य बन्द भएको छ । स्मार्ट कार्डको अभाव भएपछी छपाई बन्द भएको हो । ‘स्टक’मा राखिएका स्मार्ट लाईसेन्स सकिएपछी छपाई कार्य बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ । कोरोना माहामारीका कारण स्मार्टकार्डको आयात हुन नसक्दा छपाई कार्य बन्द भएको हो । माहामारीपछि बन्द भएको सवारी लाइसेन्स आवदेन गत पुस १४ गतेबाट सुरु भएको थियो । माहामारीपछि पाँच लाख सेवाग्राहीले लाइसेन्सका लागि नयाँ आवेदन दिएका छन् । विभागले फ्रान्सेली कम्पनीसँग १४ लाख स्मार्ट कार्ड उपलब्ध गराउने गरी सम्झौता गरिसकेको छ । ९० दिनसम्ममा नयाँ टेण्डर प्रक्रियाबाट स्मार्ट कार्ड ल्याउने र छपाई सुरु गर्ने विभागले जनाएको छ । विभागले छपाई सुरु भएपछि ट्रायल पास गरेको एक महिनाभित्र लाइसेन्स वितरण गर्ने योजना बनाएको छ ।...