Friday, April 26
Shadow

Tag: बस दुर्घटना

श्रीलङ्‍कामा भयानक बस दुर्घटना , कम्तीमा १४ को मृत्यु, ३० भन्दा बढी घाइते

श्रीलङ्‍कामा भयानक बस दुर्घटना , कम्तीमा १४ को मृत्यु, ३० भन्दा बढी घाइते

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, चैत ७ । श्रीलङ्‍काको पासारामा शनिबार बस दुर्घटनामा पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला(बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस भीरबाट खसी भएको दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने बसमा यात्रारत ३० व्यक्ति सख्त घाइते भएका छन्। प्रत्यक्षदर्शी घाइते यात्रुका अनुसार चालकको लापरवाहीका कारण बस दुर्घटना भएको हो। मृत्यु हुनेहरूमा चालकसहित नौजना पुरूष रहेका र पाँच महिला रहेका अधिकारीहरूले बताएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ भने घाइते सबै जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ। श्रीलङ्‍कामा कमजोर सडक संरचना, पूराना सवारीसाधन, चालकको लापरवाही र क्षमताभन्दा अत्यधिक बढी भार लिएर सवारी चलाइने गर्दा बर्सेनि सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गर्छन्।...
बाँकेमा नेपाली सेनाको बस दुर्घटना : १० जना घाइते

बाँकेमा नेपाली सेनाको बस दुर्घटना : १० जना घाइते

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागुन ३ । बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा नेपाली सेनाको बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोलु नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार मध्ये १० जना घाइते भएका हुन् । दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो । दुर्घटनामा घाइते भएकाहरुको नेपालगंज राँझास्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...