Friday, March 29
Shadow

Tag: हेटौँडा गोल्डकप

हेटौँडा गोल्डकपको उपाधि त्रिभुवन आर्मीको पोल्टामा, हात पार्यो १० लाख रुपैयाँ

हेटौँडा गोल्डकपको उपाधि त्रिभुवन आर्मीको पोल्टामा, हात पार्यो १० लाख रुपैयाँ

खेलकुद
काठमाडौं, चैत ७ । स्थानीय तह सहिद स्मृति गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा साविक विजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुर-११ लाई १-० गोलले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । आर्मीले १० लाख रुपैयाँ पुरस्कार हात पारेको छ । रिगल हेटौंडा रिसोर्ट मकवानपुर-११ ले उपविजेता बन्दै पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो ।प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर-११ का फरवार्ड अमीर श्रेष्ठले बुलेट बाइक हात पारे । आर्मीका लागि कप्तान टेकबहादुर बुढाथोकीले गरेको गोल नै निर्णायक बन्यो । फाइनल खेलको म्यान अफ दी म्याच बुढाथोकी घोषित भए । प्रतियोगिताको उत्कृष्ट फरवार्ड मकवानपुरका अञ्जन विष्ट घोषित भए भने उत्कृष्ट प्रशिक्षक नवीन न्यौपाने, उत्कृष्ट डिफेन्स दिपक गुरुङ, मिडफिल्डर सेसेहाङ आङदेवे र गोलकिपर विवश चौधरी त्रिभुवन आर्मीब...