Thursday, April 25
Shadow

Tag: नेपाल पक्ष

संसदीय दल र केन्द्रीय कमिटीको दुवै बैठक बहिस्कार गर्ने नेपाल पक्षको निर्णय

संसदीय दल र केन्द्रीय कमिटीको दुवै बैठक बहिस्कार गर्ने नेपाल पक्षको निर्णय

मुख्य समाचार, राजनिती
काठमाडौं, चैत ६ । नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बोलाएको केन्द्रीय र स्थायी कमिटी बैठकमा नेपाल–खनाल समूह सहभागी नहुने निर्णयमा पुगेको हो । शुक्रबार बानेश्वरमा नेपाल समूहको बैठकले स्थायी कमिटी बैठकले पार्टीका बैठक प्रधानमन्त्रीको सरकारी निवासमा राखेको भन्दै सहभागी नहुने निर्णय गरेको हो । यसअघि पार्टीका बैठक संसदीय दलको कार्यालय सिंहदरबार वा संसद भवन नयाँ बानेश्वरमा बस्दै आइरहेको थियो । नेपाल पक्ष फागुन २८ गतेका निर्णय खारेज नगरेसम्म बैठकमा सहभागी नहुने निष्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेपाल पक्षलाई सार्वजनिक कार्यक्रममापर्ःत बैठकमा सहभागी हुन आग्रह गर्दै आइरहेका छन् ।...