Thursday, April 25
Shadow

Tag: नेपाल

विश्वका सबैभन्दा प्रदूषित मुलुकको सूचीमा नेपाल १२ औँ नम्बरमा

विश्वका सबैभन्दा प्रदूषित मुलुकको सूचीमा नेपाल १२ औँ नम्बरमा

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, चैत ४ । विश्वका सबैभन्दा प्रदूषित देशहरुको सूचीमा नेपाल १२ औँ नम्बरमा रहेको छ । स्विट्जरल्याण्डको संस्था आइक्यू एयरले गरेको अध्ययनमा नेपाल विश्वका सबैभन्दा प्रदूषित राजधानीको सूचीमा १२ औँ स्थानमा परेको हो । सबैभन्दा प्रदूषित मुलकको शीर्ष स्थानमा बंगलादेश, दोस्रोमा पाकिस्तान, तेस्रोमा भारत, चौथोमा मंगोलिया, पाँचौमा अफगानिस्तान रहेका छन् ।...
तल्काल स्थायी कमिटी बैठक बोलाउन नेपाल–खनाल समूहको माग

तल्काल स्थायी कमिटी बैठक बोलाउन नेपाल–खनाल समूहको माग

मुख्य समाचार, राजनिती
काठमाडौं, फागुन २७। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वैठक बोलाउन ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाएका छन् । वरिष्ठ नेता नेपाल र खनाल पक्षीय स्थायी कमिटी सदस्यहरुले तत्काल पार्टीको स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् । आज ९बिहीबार० काठमाडौंको बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल–खनाल पक्षीय स्थायी कमिटीको बैठकले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेको उपाध्यक्ष भीम रावलले जानकारी दिएका छन् । उनले अहिलेको परिस्थितिबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक नै बस्नु पर्ने भए पनि तत्कालका लागि स्थायी कमिटी बैठक बोलाउन आग्रह गरिएको बताए । सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई खारेज गरेपछि नेपाल समूहले पार्टीभित्रै रहेर आन्तरिक संघर्ष गर्ने निष्कर्ष निकालेको ...
मानव विकास सूचकांकमा नेपाल दक्षिण एसियाली मुलुकको पाँचौं स्थानमा

मानव विकास सूचकांकमा नेपाल दक्षिण एसियाली मुलुकको पाँचौं स्थानमा

आर्थिक, जिवनसैली, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, पुष १ नेपालले मानव विकास सूचकमा पाँच स्थान सुधार गर्दै १४२ औं स्थान पाउन सकेको छ। राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले बुधवार जारी गरेको सूचकांकमा नेपाल १४७ औं स्थानबाट पाँच स्थान सुधार गर्दै १४२ औं स्थानमा उक्लेको हो। १८९ देशहरु समावेश मानव विकास सूचकांकमा ०.६०२ सूचक प्राप्त गरेको नेपाललाई मध्यम मानव विकास सूचीमा राखिएको छ। विश्वको औशत सूचकभन्दा नेपाल अझ धेरै तल नै छ। विश्वव्यापी तुलना गर्दा विश्वभर ०.७३७ सूचक प्राप्त छ। त्यस्तै लैंगिक विकास सूचक विश्वमा ०.९४३ हुँदा नेपालको ०.९३३ रहेको छ। मानव विकास सूचकांकमा औशत नेपालीको आयु ७०.८ वर्ष पुगेको छ। १९९० मा ५४.४ वर्ष रहेकोमा २०१८ मा ७०.५ वर्ष थियो। यूएनडीपीले दीर्घ स्थास्थ्य जीवन र औशत आयु, शिक्षा, आम्दानी, मानव अधिकार, सामाजिक सुरक्षा लगायतका आधारमा हरेक वर्ष मानव विकास सूचकांक सार्वजनिक गर्दै आएको छ। बुधवार एक क...
नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

खेलकुद, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर २७ नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट खेल नेपालले आगामी मार्च २५ मा चाइनिज ताइपेइसित खेल्ने अखिल नेपाल फुटवल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए । एसियन छनोटअन्तर्गत नेपाल समूह ‘बी’मा रहेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले आगामी मार्च ३० मा अष्ट्रेलियासित तथा जुन ७ मा जोर्डनसित खेल्नेछ । कोरोना भाइरसको सङ्क्रमणका कारण सन् २०२० को मार्च र अप्रिलमा हुने एसियाली क्षेत्रको दोस्रो चरणको खेल स्थगित गरिएको थियो । कोरोना कहर नरोकिएपछि एएफसीले छनोट चरणका खेल सन् २०२१ मा गर्ने निर्णय गरेको ह...