Friday, April 26
Shadow

Tag: बम विष्फोट

बम विष्फोटमा ९८ जनाको मृत्यु, ६ सयभन्दा बढी घाइते

बम विष्फोटमा ९८ जनाको मृत्यु, ६ सयभन्दा बढी घाइते

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ , फागुन २५ । एक बम विष्फोटमा ९८ जनाको मृत्यु भएको छ ।सेन्ट्रल अफ्रिकी देश इक्वेटोरियल गिनीमा बम विष्फोट भएको हो । बिबिसीका अनुसार विष्फोटमा ६ सयभन्दा बढी घाइते भएका छन् भने २९९ जना अहिले अस्पतालमा रहेका छन् । भूमध्यरेखीय देश इक्वेटोरियल गिनीको प्रमुख शहर बाटामा एक सैन्य ब्यारेकको नजिक सिरिलीय ब्लाष्ट भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्लाष्ट सैनिक ब्यारेकमा राखिएको डाइनामाइट भण्डारणमा भएको लापरवाहीले भएको बताइएको छ । राष्ट्रपति तियोदोरो गुएमाले ब्लाष्टबाट शहरका लगभग सबै घर प्रभावित भएको बताएका छन् ।ब्लाष्टपछि पुरै शहरमा धुँवाले ढाकेको बताइएको छ ।...