Friday, March 29
Shadow

Tag: नेकपा ओली समूह

नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्दै

नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्दै

मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन २२ । नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्दैछ ।अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा १७२ जना प्रतिनिधिसभा सदस्यमध्ये बहुसंख्यक उपस्थित हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । दाहाल(नेपाल समूहले आफ्नो बैठकमा १११ सांसद उपस्थित भएको दाबीमा सत्यता नरहेको भट्टराईले बताए । ‘९० कुर्सी राखेको पनि नभरिएको देखियो १११ सांसदको दाबीमा सत्यता बहुसंख्यक हामीसँगै छन्, बहुसंख्यक सदस्यसहितको बैठकबाट हुने निर्णय नै आधिकारिक हो,’ भट्टराईले भने,’ हामी संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्छौ ।’ आइतबार डाकिएको प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्यहरूलाई निर्देशन दिने उनले बताए । दाहाल(नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाए पनि त्यो प्रकियासम्मत ...
नेकपा ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दै , प्रधानमन्त्री ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने

नेकपा ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दै , प्रधानमन्त्री ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ८ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएछि नेकपा ओली र दाहाल-नेपाल समूहमा विभाजित छ । दुबै समूहले समानन्तर रूपमा आफ्ना गतिविधि अघि बढाइरहेका छन् । दाहाल(नेपाल समूह पुस ५ को कदम ‘प्रतिगमन’ भन्दै आन्दोलित छ भने ओली समूह वैशाखमा मध्यावधि चुनाव घोषणा भइसकेकाले चुनावमा जानुको विकल्प नभएको भन्दै शक्ति प्रदर्शनमा लागेको छ । यसैबीच नेकपाको ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको नेकपाको ओली समूहले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमका पक्षमा जनमत देखाउन विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको प्रदेश- १ का अध्यक्ष देवराज घिमिरेले जानकारी दिए । विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना हुने जनसभामा दुई लाख जनता उपस्थित हुने घिमिरेले बताए ।आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, ...