Friday, April 19
Shadow

Tag: ‘बी’ डिभिजन लिग

‘बी’ डिभिजन लिगमा आज सातदोबाटो र बाँसबारीबीच खेल हुँदै

‘बी’ डिभिजन लिगमा आज सातदोबाटो र बाँसबारीबीच खेल हुँदै

खेलकुद
काठमाडौँ, फागुन २१ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज सातदोबाटो युथ क्लब र बाँसबारी क्लबबीचको खेल हुँदैछ । एन्फा कम्प्लेक्समा दिउँसो १२:१५ मा शुरु हुने खेलमा शीर्ष स्थानमा रहेको सातदोबाटोले अङ्क सुधार गर्दै अग्र स्थानमै सुरक्षित राख्ने प्रयास गर्नेछ ।सातदोबाटो शीर्ष स्थानमा रहेको छ भने बाँसबारी क्लब तेस्रो स्थानमा छ । सातदोबाटो २२ अङ्कसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लबले पनि २२ अङ्क नै जोडेको छ । यस्तै आजै एन्फा कम्प्लेक्समा दिउँसो साढे ३ बजे मध्यपुर युथ एशोसिएसन र पुलचोक स्पोर्टस् क्लबबीच पनि रोमाञ्चक खेल हुँदैछ । हालसम्म मध्यपुर ७ अङ्कसहित १० औँ स्थानमा छ भने पुलचोक २ अङ्कसहित अन्तिममा छ ।    ...
‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

खेलकुद
काठमाडौं , फागुन १५ । शहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ । दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्समा पुल्चोक स्पोर्टस् क्लब र श्री भगवती क्लबबीचको खेल हुनेछ । पुलचोक स्पोर्टस् क्लब १ अङ्कसहित तालिकाको पुछारमा अर्थात् १२ औँ स्थानमा रहेको छ भने श्री भगवती क्लब ५ अङ्कसहित १० औँ स्थानमा रहेको छ । यस्तै दिउँसो साढे ३ बजे बाँसबारी क्लब र श्री कुमारी क्लबबीचको खेल हुनेछ । बाँसबारी १४ अङ्कसहित लिगको तेस्रो स्थानमा रहेको छ भने श्री कुमारी क्लब ६ अङ्कसहित आठौं स्थानमा रहेको छ । यसअघि हिजो भएका खेलमा सातदोबाटो र मध्यपुर विजयी भएका थिए । सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई ३–२ ले र मध्यपुर युथ एशोसियसनले टुसाल क्लबलाई २–० ले हराएको थियो । लिगमा सातदोबाटो युथ क्लब १९ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।...