Friday, April 26
Shadow

Tag: रुबिना

‘बिग बोस’को १४ औं संस्करणको विजेता बनिन् रुबिना

‘बिग बोस’को १४ औं संस्करणको विजेता बनिन् रुबिना

मनोरञ्जन, मुख्य समाचार
काठमाडौं , फागुन १० । बिग बोस सीजन १४ को उपाधि रुबिना दिलाइकले हात पारेकी छिन् । उनले ट्रफीसँगै नगद ३६ लाख भारतीय रुपैयाँ पुस्कार हात पारेकी हुन् । टेलिसिरियल ‘छोटी बहु’की कलाकार रुबिना श्रीमान अभिनव शुक्लासँगै बिग बोसमा भाग लिएकी थिइन् । फाइनलमा रुबिनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए । शो १४० दिनसम्म चलेको थियो । बहस, लडाई र नाटक पार गर्दै रुबिना बिजेता बनेकी हुन् । राखीले भने विकल्पमा दिइएको १४ लाख भारतीय रुपैयाँ लिएर शो छोडिन् । अली गोनी सबैभन्दा कम भोट प्राप्त गर्दै शोबाट आउट भए भने अन्तिम एलिमिनेसनमा निक्की बाहिरिएकी थिइन् । ‘बिग बोस’ अभिनेता सलमान खानले सञ्चालन गर्दै आएका छन् ।...