Thursday, April 25
Shadow

Tag: हवाई भाडा

इन्धनमा मूल्यवृद्धिको असर सँगै बढ्यो हवाई भाडा

इन्धनमा मूल्यवृद्धिको असर सँगै बढ्यो हवाई भाडा

आर्थिक, मुख्य समाचार
काठमाडौं, फागुन ७ । इन्धनमा मूल्यवृद्धिको असर सँगै हवाई भाडा बढेको छ । वायुसेवा संचालकहरुले हवाई भाडा वृद्धि गरेका हुन् । हवाई इन्धनको स्वचालित मूल्यका आधारमा हवाई भाडामा लाग्ने इन्धन शुल्कमा समेत परिमार्जन गर्ने नीति अनुसार नयाँ मूल्य तोकिएको वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलले बताए । नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँको दरले हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको थियो । सोही अनुसार इन्धनमा मूल्यवृद्धि भएको हो । संघले सिफारिस गरेको मूल्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत सदर गरेका कारण शनिबारबाट लागु हुने गरी मूल्य परिमार्जन गरिएको बताएको छ । अब बढेको सरचार्ज अन्तर्गत काठमाडौंबाट माउन्टेन फ्लाइटमा जानेका लागि ७० रुपैयाँ बढी मूल्य पर्नेछ । काठमाडौं धनगढी रुटमा ९० रुपैयाँ भाडा बढी पर्नेछ ।...