Thursday, April 18
Shadow

Tag: विमानस्थल

२२ वर्षदेखि बन्द रहेको महेन्द्रनगर विमानस्थल सञ्चालनमा आउँदै , भयो सम्झौता

२२ वर्षदेखि बन्द रहेको महेन्द्रनगर विमानस्थल सञ्चालनमा आउँदै , भयो सम्झौता

आर्थिक, मुख्य समाचार, स्थानिय तह
काठमाडौँ , फागनु ३ । २२ वर्षदेखि बन्द रहेको मुलुकको अन्तिम विन्दुमा रहेको महेन्द्रनगर विमानस्थललाई अबको डेढ वर्षभित्र सञ्चालनमा ल्याइने भएको छ । यो विमानस्थललाई तीन तहको सरकारको लागत साझेदारी अवधारणमा पुनस् सञ्चालनमा ल्याउन सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नागरिक उड्डयन प्राधिकरण तथा सुदूरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सशस्त्र द्वन्द्वपछि गौचरनमा परिणत भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगैको यो विमानस्थल मर्मत गरेर सञ्चालनमा ल्याउँन लागिएको हो । यसमा करिब ५० करोड रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ । विमानस्थलको खर्चमा प्राधिकरणले ५० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधार चाँदनी नगरपालिकाले १० प्रतिशत लागत साझदारी गर्ने सम्झौतापत्रमा उल्लेख छ । ...