Wednesday, April 24
Shadow

Tag: chori

चोरी मुद्दाका फरार सूर्यगढीका एक अभियुक्त साढे ३ वर्षपछि पक्राउ

चोरी मुद्दाका फरार सूर्यगढीका एक अभियुक्त साढे ३ वर्षपछि पक्राउ

अपराध, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २४ चोरी मुद्दामा अदालतबाट फैसला भई फरार रहेका नुवाकोटका एक अभियुक्तलाई पक्राउपछि कारागार चलान गरिएको छ । सूर्यगढी गाउँपालिका ३ का रमेश तामाङलाई सोमबार जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेर नुवाकोट अदालतमा बुझाएको थियो । तामाङलाई अदालतले सोमबार कारागार चलान गरेको छ । नुवाकोट जिल्ला अदालतको गत ०७३ फागुन ११ गते रहजनी चोरी मुद्दामा दोषी ठहरिई १२ वर्ष २ महिना कैद र १ लाख २२ हजार १ सय ६८ रुपैयाँ जरिवानाको फैसला गरेको थियो । अदालतको फैसलालगत्तै निज तामाङ फरारको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी हरिबहादुर वलीले बताए । प्रहरी टोलीले सोमबार पक्राउ गरी नुवाकोट अदालत पेस गरेपछि निजलाई अदालतले कैद भुक्तानका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।...