Thursday, April 25
Shadow

Tag: राष्ट्रिय महिला लिग फुटबल

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै

खेलकुद
काठमाडौँ, फागुन ३ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् भने दोस्रो खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिका खेल्दैछन् । पुलस र एपीएफको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा १२ बजे सुरु हुनेछ । पुलिसविरुद्ध मैदान उत्रदा एपीएफ सहज जित निकाल्ने योजनामा हुनेछ । एपीएफ पुलिसलाई हरयेर उपाधि होड बलियो बनाउन चाहन्छ । पुलिस उपाधि होडबाट बाहिरिसकेको छ । अपराह्न हुने वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाको खेलमा दुबै टोली अंक तालिकामा आफ्नो स्थान सुरक्षित गर्न चाहान्छन् । वालिङ ९ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने विराटनगर १० खेलमा १३ अंकसहित पाँचौं स्थानमा छ ।...
राष्ट्रिय महिला लिग फुटबलमा आ दुई खेल हुँदै

राष्ट्रिय महिला लिग फुटबलमा आ दुई खेल हुँदै

खेलकुद, मुख्य समाचार
काठमाडौं , फागुन १ । राष्ट्रिय महिला लिग फुटबलमा शनिबार दुई वटा खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा नेपाल आर्मी क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै दिउँसो ३ बजे हुने अर्को खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका उदयपुरबीच प्रतिस्पर्धा हुनेछ । यसअघि हिजो भएको खेलमा नेपाल पुलिस क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई पराजित गरेको थियो । जितसँगै पुलिसले तेस्रो स्थानमा रहेको स्याङ्जाको वालिङ नगरपालिकासँग अंक बराबरी गरेको हो । १४ अंक जोडेको पुलिस गोल अन्तरको आधारमा चौंथो स्थानमा छ । चन्द्रपुर ६ अंकसहित छैठौं स्थानमा छ । शीर्ष स्थानमा रहेको एपीएफको २४ अंक छ, भने आर्मी २२ अंकसहित दोस्रो स्थानमा छ ।...
राष्ट्रिय महिला लिगमा आज एपीएफ र चन्द्रपुर भिड्दै

राष्ट्रिय महिला लिगमा आज एपीएफ र चन्द्रपुर भिड्दै

खेलकुद
काठमाडौँ, माघ २८ । राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफ र चन्द्रपुर नगरपालिकाबीच खेल हुँदैछ । खेल दिउँसो २ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने सुरु हुनेछ । एपीएफ आज पनि अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । एपीएफले ७ खेलमा २१ अंक जोडेको छ । चन्द्रपुर भने एपीएफको अपराजित यात्रा टुंग्याउन चाहन्छ । लिगको छटौँ स्थानमा चन्द्रपुर ७ खेलमा ६ अंक जोडेको छ ।...