Wednesday, April 24
Shadow

एकसाथ मिलाएर खान हुँदैन यी ५ फलफूल, के- के हुन त ?


  • -इ
  • इ+

काठमाडौं । हरेक फलफूलको सेवन स्वास्थ्यकालागि लाभदायक मानिन्छ । फलफूलमा हाम्रो शरीरमा चाहिने पौष्टिक तत्व प्रचुर मात्रामा पाइन्छ । तर कतिपय अवस्थामा भने फलफूलले हाम्रो शरीरलाई फाइदा गर्दैन ।

यदि सही फलफूलको मिश्रण हुन नसकेमा यसको सेवन विषाक्त बन्छ र यसले शरीरमा क्षती पुर्याउँछ । के के हुन् त्यस्ता फलफूल रु

१. दुध र सुन्तला
सुन्तला वा सुन्तलाको जुससँग दुध एवम् दुधजन्य परिकार मिलाएर खानु स्वास्थ्यकालागि हानिकार हुन्छ । यसले पाचनयन्त्रमा समस्या निम्त्याउँछ ।

२. अम्बा र केरा
अम्बाको सेवन स्वास्थ्यकालागी लाभदायक मानिन्छ । यसका साथै केराको सेवन पनि लाभदायक नै हुन्छ । तर, अम्बा र केराको मिलाएर खाइयो भने यसले टाउको दुख्ने, पेट दुख्नेलगायको समस्या हुनसक्छ ।

३. मेवा र कागती
कतिले स्वादका लागि मेवाको सेवन गर्दा कागतीको रस मिसाएर खाने गर्छन् । तर यसले शरीरमा हानी गर्छ । कागती र मेवाको रस मिसाएर सेवन गर्दा हेमोग्लोबिन सम्वन्धी समस्या समेत आउन सक्छ । विशेषगरी बच्चालाई मेवा र कागती मिलाएर ख्वाउनु हुदैन ।

४. दुध र भूँइकटहर
दुध र भूँइकटर आपसमा मिसाएर खानु हुदैन । एकै पटक यी फल खाएमा यसले पाचनतन्त्रमा समस्या निम्त्याउन सक्छ ।

५. सुन्तला र गाजर
सुन्तला र गाजर अलग अलग खानु स्वास्थ्यकालागी लाभदायक हुन्छ । तर, यी दुईको मिश्रण भने हानिकारक हुन्छ । यसले शरीरमा गम्भीर हानी पुर्‍याउन सक्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares