Wednesday, April 24
Shadow

Tag: एपीएफ

राष्ट्रिय महिला फुटबल लिगमा एपीएफ विजयी, सावित्राले गरिन् दोहोरो ह्याट्रिक

राष्ट्रिय महिला फुटबल लिगमा एपीएफ विजयी, सावित्राले गरिन् दोहोरो ह्याट्रिक

खेलकुद
काठमाडौँ,माघ २८ । काठमाडौँमा जारी राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टोली एपीएफको अपराजित यात्रालाई जारी राखेको छ । बुधबार एपीएफले चन्द्रपुर नगरपालिकालाई ८-० गोल अन्तरले पराजित गर्दै लगातार आठौँ जित हासिल गरेको हो । ललितपुरस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफका लागि स्ट्राइकर सावित्रा भण्डारीले ६ गोल गरिन् भने कप्तान अनिता बस्नेतले २ गोल गरिन् । जितसँगै एपीएफले ८ खेलमा २४ अंक बनाएको छ । त्यसैगरी चन्द्रपुरको ८ खेलमा ६ अंक रहेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा छ । लिग अन्तर्गत बिहीबार चौदण्डीगढी र वालिङबीच तथा आर्मी र विराटनगरबीच प्रतिस्पर्धा हुनेछ ।...