Saturday, April 20
Shadow

Tag: इङलिश प्रिमियर लिगः

इङलिश प्रिमियर लिगः म्यानचेस्टर सिटीको लिभरपुलमाथि फराकिलो जित

इङलिश प्रिमियर लिगः म्यानचेस्टर सिटीको लिभरपुलमाथि फराकिलो जित

खेलकुद, मुख्य समाचार
काठमाडौँ , माघ २६ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लिभरपुलमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा सिटीले लिभरपुललाई ४-१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा इके गुनडोगनले दुई गोल गरे भने रहीम स्टरलिङ र फिल फोडेनले एक एक गोल गरे । गुनडोगनले दुई गोल गर्ने अघि खेलको ३७औ मिनेटमा पेनाल्टी मिस गरेका थिए । त्यस्तै लिभरपुलका लागि मोहमद सलाहले पेनाल्टी मार्फत एक गोल फर्काएका थिए । यो जितपछि म्यानचेस्टर सिटीले लिगमा आफ्नो अग्रता बढाएको छ । शिर्ष स्थानमा रहेको सिटीको २२ खेलमा ५० अंक भएको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडभन्दा ५ अंकले अगाडी रहेको छ । युनाइटेडको २३ खेलमा ४५ अंक रहेको छ । त्यस्तै लिभरपुल यो हारपछि २३ खेलमा ४० अंक सहित चौथो स्थानमा रहेको छ ।...