Thursday, March 28
Shadow

Tag: राष्ट्रिय महिला फुटबलः

राष्ट्रिय महिला फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक

राष्ट्रिय महिला फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक

खेलकुद, मुख्य समाचार
काठमाडौँ ,माघ २३ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार शनिबार पहिलो खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच हुनेछ । उक्त खेल ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने छ । लिगको पहिलो चरणको खेल सम्पन्न हुँदासम्म सशस्त्र प्रहरी बलको एपीएफ क्लब अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । एपीएफले ६ खेलमा अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको आर्मीको ६ खेलमा १३ अङ्क रहेको छ । यस्तै विराटनगर महानगरपालिका १० अङ्कका साथ तेस्रो, आठ अङ्क रहेको नेपाल पुलिस क्लब चौथो, वालिङ नगरपालिका–८ अङ्कका साथ पाँचौँ, चन्द्रपुर नगरपालिकाको टोली तीन अङ्कसहित छैटौँ तथा चौदण्डीगढी नगरपालिकाको टोली अङ्क विहीन रहँदै लिगको पुछारमा छ । लिगको पहिलो चरणका खेल बुधबार सम्पन्न भएका थिए ।...
राष्ट्रिय महिला फुटबलः आज वालिङ र चन्द्रपुर भिड्दै

राष्ट्रिय महिला फुटबलः आज वालिङ र चन्द्रपुर भिड्दै

खेलकुद, मुख्य समाचार
काठमाडौँ, माघ २० । राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका प्रतिस्पर्धा गर्दैछन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे सुरू हुनेछ । वालिङ र चन्द्रपुर दुबै टोली दोस्रो जितको खोजीमा छन् । विदेशी खेलाडीको साथ पाएको वालिङ जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ । उसको पाँच खेलमा पाँच अंक छ । ५ खेलमा ३ अंक जोडेर छैटौँ स्थानमा रहेको चन्द्रपुर पनि आजको खेल जित्दै अंक तालिका सुधारको लक्ष्यमा हुनेछ ।...