काठमाडौं, माघ २० । बलिउड अभिनेता आमिर खानले अबदेखि मोबाइल फोन नचलाउने निर्णय गरेका छन् । उनले यस्तो निर्णय गरेपछि अहिले उनका धेरै प्रशंसकले चिन्ता व्यक्त गरेका छन् । अहिलेको समयमा मानिस आफ्नो मोबाइल फोनबिन एक पल पनि बस्न सक्दैनन् । एकैछिन पनि मोबाइल छुट्यो भने मानिसलाई छट्पटी सुरु भइहाल्छ ।
तर, बलिउड सुपरस्टार आमिर खानले भने आफ्नो फिल्म रिलिज नहुँदासम्मका लागि मोबाइल फोन अफ गर्ने निर्णय गरेका छन् । सुटिङ चलिरहेको फिल्म ‘लालसिंह चड्ढा’ प्रदर्शन नहुँदासम्म मोबाइल स्वीच अफ राख्ने आमिरले निर्णय गरेका हुन् ।
यसबीच फिल्म रिजिलमा कैयौं बाधा तथा रोकावट आउनसक्ने भन्दै आमिरले फोन अफ गर्ने निर्णय लिएको बताएका छन् । आमिर जब कुनै प्रोजेक्टमा व्यस्त हुन्छन् तब पूरै लगनशीलताका साथ काम गर्ने गर्दछन् ।
यसपटक पनि फिल्म ‘लालसिंह चड्ढा’ प्रति पूरै तरिकाले उनी समर्पित भएका छन् । काम पूरा नहुँदासम्म कुनै बाधा नहोस भन्ने सुनिश्चित गर्न उनले आफ्नो व्यक्तिगत मोबाइल अफ गर्ने निर्णय गरेका हुन् ।
यो फिल्म यस वर्षको बहुप्रतिक्षित हो । आउँदो क्रिसमसमा रिलिज गर्ने तयारी गरिएको छ । फिल्ममा आमिरका साथै करीना कपुर खानलाई महत्वपूर्ण भूमिकामा देख्न सकिनेछ । खानको यस निर्णयले अहिले सबैको चासोको विषय भनेको छ ।