Friday, April 26
Shadow

Tag: प्रधानमन्त्री कप क्रिकेट

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

खेलकुद, मुख्य समाचार
काठमाडौँ, माघ ९ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेलहरु हुँदैछ । मुलपानी क्रिकेट मैदानमा हुने खेलमा उपाधि दाबेदार ठानिएको बागमती प्रदेशले प्रदेश-२ को सामना गर्दैछ । खेल बिहान ९ बजे सुरु हुनेछ ।प्रदेश-२ विरुद्ध मैदान उत्रदा बागमती लगातार तेस्रो जितको खोजीमा हुनेछ । बागमतीले यस अघि पुलिस र सुदूरपश्चिमलाई हराएको थियो । प्रदेश-२ भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा प्रदेश-२ लुम्बिनीसँग पराजित भएको थियो ।यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कर्णाली प्रदेश र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ । कर्णाली दोस्रो जितको खोजीमा रहेको छ । प्रतियोगिताबाट बाहिरिसकेको प्रदेश-१ भने पहिलो जितको खोजीमा छ ।...
प्रधानमन्त्री कप क्रिकेट:   पुलिस क्लब र एपिएफ क्लब विजयी

प्रधानमन्त्री कप क्रिकेट: पुलिस क्लब र एपिएफ क्लब विजयी

खेलकुद, मुख्य समाचार
काठमाडौं , माघ ८ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लब आआफ्नो खेलमा विजयी भएका छन् । पुलिसले लुम्बिनी प्रदेशलाई ७४ रनले तथा एपिएफले गण्डकी प्रदेशलाई छ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरको पुलिसले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३१० रन बनायो । तीन सय ११ रनको विजय लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ५० ओभरमा सात विकेट गुमाउँदै २३६ रन मात्र बनाउन सक्यो । पुलिसका लागि सुनील धमलाले १०४ रनको शतकीय पारी खेल्नुभयो । उहाँले १४४ बल खेल्ने क्रममा एक छक्का र सात चौका प्रहार गरे । यस्तै दीपेन्द्रसिंह ऐरीले ६१ बलमा छ छक्का र एक चौकाको मद्दतमा ८५ रनको योगदान दिए । अमित श्रेष्ठले २८, आरिफ शेखले अविजित २९ तथा पवन शर्राफले १३ बलमा ५० रन बनाउनुभयो । शर्राफले छ छक्का तथा एक चौका प्रहार गरे । ब...
प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै, को-को भिड्ने भए ?

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै, को-को भिड्ने भए ?

खेलकुद, मुख्य समाचार
काठमाडौँ, माघ ८ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन्। आज एपीएफ क्लब र गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् । लुम्बिनी र नेपाल पुलिस क्लबको खेल कीर्तिपुर मैदानमा हुनेछ भने एपीएफ क्लब र गण्डकी प्रदेशको खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । दुबै खेल बिहान ९ बजे सुरू हुनेछ । लुम्बिनी र पुलिस दुवै टोली आज दोस्रो जितको खोजीमा छन् । लुम्बिनीले पहिलो खेलमा जित दर्ता गरेको छ भने दुई खेल खेलेको पुलिस क्लबले एकमा जित र एकमा हार ब्यहोरेको छ ।...