Friday, April 26
Shadow

Tag: माधवकुमार नेपाल

अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण र रोजगारी दिनुपर्छ : माधव नेपाल

अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण र रोजगारी दिनुपर्छ : माधव नेपाल

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माओवादी पूर्व अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिन उपयुक्त हुने बताएका छन् । अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने भनी सरकारले गरेको निर्णयप्रति टिप्पणी गर्दै उनले रोजगारी र ऋण उपलब्ध गराउँदा राम्रा हुने बताएका हुन् । धनगढीमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले भने, ‘यसबारे कुरा उठेकै हो । यस्तो बेला पैसा दिनुपर्ने कुनै विषय नै छैन । पीडितहरूलाई बरु रोजगारी, ऋण दिने कुरा राम्रो हुन्छ ।’ मुलुक आर्थिक सङ्कटले गुज्रिरहेका बेला सरकारले अयोग्य लडाकुलाई पैसा दिनेगरी गरेको निर्णय कार्यान्वयन गर्न नहुने उनको तर्क छ । यसबारे आफूले प्रधानमन्त्रीसँग कुरा गर्दा नयाँ नभएर पहिलेकै निर्णय कार्यान्वयन गरेको जवाफ आएको उनको बताए । अध्यक्ष नेपालले मुलुकले पछिल्लो समय व्यहोरिरहेको आर्थिक सङ्कटबारे गठ...
हाम्रै चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौँ: अध्यक्ष नेपाल

हाम्रै चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौँ: अध्यक्ष नेपाल

ब्यानर समाचार, राजनिती
काठमाडौँ – एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा जाने बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सत्तारुढ गठबन्धनलाई आधार मानेर आ-आफ्नै चुनाव चिह्न लिएर निर्वाचन जाने जानकारी दिएका हुन्। एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एउटै घोषणपत्र लिएर चुनावमा जाने तयारीमा छन्। माओवादीसँग मिलेर जाने विषयमा पनि छलफल भइरहेको जानकारी दिएका अध्यक्ष नेपालले चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रिया अगाडि बढ्ने बताए। यसका लागि संयोजन समिति बनाउने तयारी भइरहेको उनको भनाइ छ।...
ओरिजिनल एमाले केपी ओली नभइ आफू भएको माधवकुमार नेपालको जिकिर

ओरिजिनल एमाले केपी ओली नभइ आफू भएको माधवकुमार नेपालको जिकिर

मुख्य समाचार, राजनिती
काठमाण्डौ, माघ ६ । गएको पुस ५ गते प्रतिनिधि सभा विघटन भएयता सत्तारुढ नेकपा नै दुई समूहमा विभाजित भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ भइरहेको छ । दुवै समुहले एकअर्का प्रति आरोप प्रत्यारोप लगाइरहेका छन् । यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ हुन पुगेको बताएका छन् । मङ्गलवार आफू निकट पत्रकारहरुको सङ्गठन प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।प्रतिनिधि सभा सदस्य नै प्रधानमन्त्री हुने भन्दै उनले ओलीले कि कामचलाउ भन्नुपर्ने कि कुर्सी छोड्नुपर्ने औंल्याए । अध्यक्ष नेपालले आफू प्रचण्डको कार्यकर्ता भनि ओलीले गरेको टिप्पणीको जवाफ दिँदै ओरिजिनल एमाले केपी ओली नभइ आफू भएको जिकिर गरे । एकीकरणपछि एमाले तथा ...