Saturday, April 20
Shadow

Tag: पीएसजी

मार्सेलीलाई पराजित गर्दै पीएसजीले जित्यो सुपर कपको उपाधि

मार्सेलीलाई पराजित गर्दै पीएसजीले जित्यो सुपर कपको उपाधि

खेलकुद
काठमाडौं , माघ १ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले ट्रफी डेस चाम्पियन्स (सुपर कप) फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा मार्सेलीलाई २–१ ले पराजित गर्दै पीएसजीले उपाधि जित्न सफल भएको हो । पीएसजीको जितमा माउरो इकार्डी र नेयमारले एक–एक गोल गरे । मार्सेलीका दिमिट्री पायटले एक गोल फर्काए । खेलको ३९औँ मिनेटमा इकार्डीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ८५औँ मिनेटमा नेयमारमा पेनाल्टीमा गोल गर्दा पीएसजी २–० ले अघि रह्यो । खेलको ८९औँ मिनेटमा पायटले एक गोल फर्काए पनि पीएसजी २–१ ले विजयी भयो । यससँगै पीएसजीले १०औँ पटक ट्रफी डेस चाम्पियन्सको उपाधि जित्न सफल भएको हो । माउरिसियो पोचेटिनोको पहिलो उपाधि हो ।...