Friday, March 29
Shadow

Tag: इङ्ग्लिस प्रिमियर लिग

इङ्ग्लिस प्रिमियर लिग :  म्यानचेस्टर युनाइटेड तालिकाको शीर्ष स्थानमा

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड तालिकाको शीर्ष स्थानमा

खेलकुद
काठमाडौं, पुस २९ । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गयराति भएको खेलमा बर्नलेमाथि १–० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । पाहुनाटोली युनाइटेडलाई बर्नलेले पहिलो हाफमा भने बराबरीमा रोकेको थियो । तर, ७१ औं मिनेटमा पौल पौग्बाले गोल गरेपछि युनाइटेड स्पष्ट तीन अङ्क लिन सफल भयो । नतिजासँगै शीर्ष स्थानमा रहेको युनाइटेडको ३६ अङ्क छ भने लिभरपुलको ३३ अङ्क रहेको छ । दुवै टिमले १७–१७ म्याच खेलेका छन् । यस्तै राति नै भएको अर्को खेलमा जित हात पार्दै एभर्टन तालिकाको चौथो स्थानमा पुगेको छ । एभर्टनले २–१ गोल अन्तरले लेस्टर सिटीलाई पराजित गर्दै तीन अङ्क जोडेको थियो । यसैगरी रेलिगेशन जोनमा रहेको सेफिल्ड युनाइटेडले जारी सिजनमा पहिलो जित हात पारेको छ । सेफिल्डले न्यू क्यासल युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै पहिलो...