Tuesday, April 16
Shadow

Tag: सम्बोधन

आज प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने

आज प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २६ प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्नुहुने भएको छ । प्रतिनिधिसभा विघटनपछि उहाँले पहिलोपटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्न लाग्नुभएको हो । दिउँसो एक बजे बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि जानकारी गराउने तयारी रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७ सभामा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपा विभाजित बनेको छ । नियमसंगत पार्टी विभाजन नभएको भए पनि दुई समूह छुट्टाछुट्टै पार्टी सरह गतिविधिमा लागेका छन् ।...