Friday, April 19
Shadow

Tag: अध्यक्ष

अर्थका सहसचिव शर्मा बने वाणिज्य बैंकका अध्यक्ष

अर्थका सहसचिव शर्मा बने वाणिज्य बैंकका अध्यक्ष

आर्थिक, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष २३ सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा चयन भएका छन्। वाणिज्य बैंक सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष चयन गरेको हो। शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन्। शर्मालाई अधिकारीले बिहीबार सपथ गराएका हुन्। शर्मा अर्थ मन्त्रालयको प्रतिनिधिका रूपमा वाणिज्य बैंक सञ्चालक समितिका सदस्य रहेका थिए। तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी प्राडा उपेन्द्र कोइरालालाई वाणिज्य बैंक सञ्चालक समितिको सदस्य नियुक्त गरेका थिए। उनलाई अध्यक्ष बनाउने गरी सदस्य बनाइएको भएपनि चर्को आलोचना भएपछि रोकिएको थियो।...