Thursday, April 18
Shadow

Tag: चोरीको मोटरसाइकल

चोरीको मोटरसाइकलसहित धादिङका २ जना पक्राउ

चोरीको मोटरसाइकलसहित धादिङका २ जना पक्राउ

अपराध, आर्थिक, समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष २८ महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गएराति साढे १ बजे काठमाण्डौंको चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित सडक खण्डबाट धादिङको गल्छी गाउँपालिका बस्ने २७ वर्षीय विजय तामाङ र १८ वर्षीय आईतराज तामाङलाई प्रदेश ३–०२–०११प ७२४१ नम्बरको कालो रातो रंगको १५० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरेको महाशाखाले जनाएको छ । उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न व्यक्तिको गोप्य सूचनाका आधारमा निगरानी राखी ती व्यक्तिलाई पक्राउ गरिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए । कीर्तिपुर नगरपालिका–७ बस्ने पुण्य महर्जनले मोटरसाइकल काठमाडौंको चोभारबाटै हराएको भनि ट्राफिक महाशाखामा निवेदन दिएका थिए । महाशाख...
चोरीको मोटरसाइकलसहित धादिङका दुई युवक पक्राउ

चोरीको मोटरसाइकलसहित धादिङका दुई युवक पक्राउ

अपराध, मुख्य समाचार
काठमाण्डौँ, पुष २३ महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने दुईजनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टेस्थित सडकखण्डबाट राजन मगर र राजन तामाङले सवार गरिरहेको मोटरसाईकलसहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए । धादिङको निलकण्ठ नगरपालिका-९ मुरली भन्ज्याङ्ग बस्ने वर्ष २६ का राजन मगर र थाक्रे गाउँपालिका वडा नं. १ देवीस्थान बस्ने वर्ष २१ को राजन तामाङले सवार गरेको बा ९२ प ७६३० नम्वर कालो रातो रङ्गको २२० सी.सी.को पल्सर मोटरसाईकललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३-०२-०१२ प ९८३५ खुल्न आएको छ । उक्त नम्बरको मोटरसाईकल गत वर्ष पुस २६ गते गते अन्दाजी १९:३० बजेको समयमा काठमाडौंको सोह्रखुट्टेस्थित...