Thursday, March 28
Shadow

Tag: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली

सांसद् किनबेच हुने खतरा बढ्यो– मन्त्री ज्ञवाली

सांसद् किनबेच हुने खतरा बढ्यो– मन्त्री ज्ञवाली

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन १५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनःस्थापना पछि संसदमा सांसदहरूको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरूको नीतिविहीन गठबन्धन हुँदा प्रतिनिधिसभा सांसदहरूको खरिद बिक्री हुने थलो बन्ने खतरा बढेको बताए। सरकारले पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन सिफारिस भएको मन्त्री ज्ञवालीको भनाइ छ । उहाँले गत वर्ष कोभिडको धक्काका कारण आर्थिक वृद्धि कमजोर भए पनि ऋणात्मक नहुनु सकारात्मक भएको बताए । मन्त्री ज्ञवालीले तीन वर्ष सम्म उच्च आर्थिक वृद्धि हासिल हुँदा नेपाल डुइङ बिजनेस इन्डेक्समा एकैपटक १४ स्थान माथि उक्लिन सफल भएको बताउँदै सरकारले आर्थिक विकासमा सही काम...
परराष्ट्रमन्त्री ज्ञवाली भोलि भारत जाने :  यस्तो छ मुख्य कार्यसूची

परराष्ट्रमन्त्री ज्ञवाली भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस २९ । नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते बिहीबार नै भारत प्रस्थान गर्ने भएका छन्। दुई देशका विदेशमन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्ने संयुक्त आयोगको यो बैठक छैटौँ हो । पाँचौँ बैठक काठमाडौँमा सन् २०१९ मा बसेको थियो । नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पु¥याउने तथा आपसी हितका विषय बैठकको कार्यसूची तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा दुई देशबीचको व्यापार, पारवहन विस्तार, ऊर्जा तथा जलाधार क्षेत्रमा भएका विकासका प्रगति तथा आगामी परियोजना, सीमा विवाद, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार मुख्य कार्यसूची रहने छन् । त्यसैगरी लगानीमैत्री सहकार्य, कृषिमा दुईपक्षीय सहयोग...
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जादै

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जादै

मुख्य समाचार, राजनिती
  काठमाडौँ , पुस २१ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आगामी जनवरी १४ मा भारत भ्रमणमा जाने भएका छन् । नेपाल(भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली नयाँदिल्ली जान लागेका हुन् । नेपालमा संसद विघटनपछि राजनीतिक रुपमा अस्थिरता उत्पन्न भएका बेला परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि नै भारतीय विदेशसचिव हर्षवर्द्धन श्रींगलाले नेपाल भ्रमणका बेला नेपालका परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिएका थिए । जनवरी १४ मा नयाँदिल्लीस्थित हुने मन्त्रीस्तरीय बैठकमा भारतको वार्ता टोलीको नेतृत्व भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले नेतृत्व गर्ने बताइएको छ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर नयाँ नक्शा जारी गरेपछि रहेको संवादहिनताको अवस्थालाई चिर्दै भारतबाट यसबीचमा यस बीचमा विदेशसचिव श्रींगलासहित भारत...