Wednesday, May 8
Shadow

Tag: मजदुरको मृत्यु

सडक निर्माणका क्रममा ढुङ्गाले लागेर रसुवामा एक मजदुरको मृत्यु

सडक निर्माणका क्रममा ढुङ्गाले लागेर रसुवामा एक मजदुरको मृत्यु

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष २० रसुवामा सडक निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदुरकाे ज्यान गएको छ । ज्यान गुमाउनेमा नौकुण्ड गाउँपालिका १ यार्साका ४५ वर्षीय धनबहादुर तामाङ रहेका छन् । मङ्गलबार बिहान पाैने १० बजे धुन्चे–खाेदल सडक खण्डकाे केबुमा एक्स्काभेटरले सडक खन्ने क्रममा सडककाे तल नाली निर्माण गरिरहेका तामाङकाे ढुङ्गाले लागेर ज्यान गएकाे प्रहरीले जनाएकाे छ । एक्स्काभेटरले नाली निर्माण गर्ने ठाउँभन्दा झण्डै ५० मिटरमाथि काम गरिरहेको थियो । प्रहरीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका ९ का २७ वर्षीय चालक रविन तामाङलाई एक्स्काभेटरसहित नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...