Friday, April 19
Shadow

Tag: मेलम्ची खानेपानी विकास समिति

मेलम्चीको पानी चैत्रमा काठमाण्डौं उपत्यकाभित्र

मेलम्चीको पानी चैत्रमा काठमाण्डौं उपत्यकाभित्र

मुख्य समाचार, समाज
काठमाण्डौं, पुष १८ काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आउने चर्चा आजभन्दा तीन दशक पहिलाकै हो ।मेलम्चीको पानी काठमाडौं भित्रिने मिति निकै पटक तोकिइसकेको छ । फेरि मेलम्चीको पानी आउने नयाँ मिति तोकिएको छ । मेलम्ची खानेपानी विकास समितिले आगामी चैत्रमा मेलम्चीको पानी काठमाडौं भित्रिने आश्वासन दिएको छ ।  समितिका सूचना अधिकारी  राजेन्द्र पन्तले अबको चैत्रमा मेलम्चीको पानी उपत्यकामा आउने दावी गरेका छन् । जर्मनीबाट आएका प्राविधिकले आयोजनाको निरीक्षण गरेको र  डिजाइन तथा सम्पूर्ण रिपोर्टमा समेत अध्ययन भइसकेकाले अब पानी भित्र्याउन प्रतिवेदन अध्ययन हुन बाँकी रहेको पन्तले बताए । सो प्रतिवेदनका आधारमा खप्राविधिज्ञ र ठेकेदार कम्पनीबीच छलफलपछि सुरुङमा पानी राखिने कार्यक्रम रहेको उनले जानकारी दिए । पानी राखेपछि काठमाडौंमा वितरण गर्ने अवस्थासम्म पुग्न २ महिना लाग्ने बताइएको छ। ९९ प्र...