Wednesday, April 17
Shadow

कङ्गोमा लडाकु समूहद्वारा एक एक गरी २५ जनाको हत्या


  • -इ
  • इ+

काठमाडौं, पुस १८ । कङ्गोमा लडाकु समूहले २५ जनाको हत्या गरेको छ । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएको यो घटनामा परी कम्तीमा २५ सर्वसाधारण मारिएका हुन् ।

देशको पूर्वी क्षेत्रमा पर्ने तिङवेमा भएको घटनामा उनीहरुको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणको आरोप एडीएफ नामक लडाकूहरुको समूहलाई लगाइएको छ । तर यसको औपचारिक जिम्मेवारी भने कसैले लिएको छैन । घटनास्थल इरिन्गेतीदेखि आठ किलोमिटर टाढा पर्दछ ।

स्थानीय नागरिक अगुवाहरुले भने घटनामा ३० जनाको मृत्यु भएको दावी गरेका छन् । सर्वसाधारणहरु नयाँ वर्ष मनाउन गएको स्थानमा एडीएफ नामक लडाकू समूहले उनीहरुलाई एक एक गरी हत्या गरेको अधिकारकर्मीले जनाएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares