Friday, March 29
Shadow

Tag: मन्त्री श्रेष्ठ

प्रधानमन्त्री ओलीलाई हटाएर देखाउन मन्त्री श्रेष्ठको चुनौती

प्रधानमन्त्री ओलीलाई हटाएर देखाउन मन्त्री श्रेष्ठको चुनौती

मुख्य समाचार, समाचार
काठमाडौं, चैत ९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव पास गरेर हटाउन चुनौती दिएका छन् । ललितपुरमा आयोजित क्षेत्र नम्बर ९ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपत्यका इन्चार्ज समेत रहेका मन्त्री श्रेष्ठले अविश्वासको प्रस्ताव पास गरी प्रधानमन्त्रीलाई हटाएर देखाउन चुनौती दिएका हुन् । उनले भने, ‘म चुनौती दिन चाहान्छु, अविश्वासको प्रस्ताव पास गरी प्रधानमन्त्रीलाई हटाएर देखाउनुस् ।’ उनले अहिलेको अवस्थामा त्यो सम्भव नहुने जिकिर गरे । यो सबै भन्दा ‘पावरफूल’ सरकार भएकाले यसकालाई कसैले हटाउन नसक्ने उनको भनाइ छ । उनले भने, ‘यो सरकार नेपालको इतिहासमा अहिलेसम्मको शक्तिशाली सरकार हो, यो सरकारलाई कसैले हटाउन सक्दैन ।’ पार्टीको विधान विपपरीत गुटको भेला गरेको कारण एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र ...
कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन: मन्त्री श्रेष्ठ

कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन: मन्त्री श्रेष्ठ

मुख्य समाचार, राजनिती
  काठमाडौँ, फागुन १७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने प्रष्ट पारेका छन् । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित बाहुनडाँडामा गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालयको आज शिलान्यास गर्दै उनले कसैले परबाट राजीनामा दे भन्दा प्रधानमन्त्रीले राजीनामा दिने हो भनी प्रश्न गरे । वर्तमान सरकारले नै मुलुकमा निर्वाचन गराउनेमा ढुक्क हुन आग्रह गर्दै उनले संसद्मा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न पनि चुनौती दिए । प्रधानमन्त्री ओलीले चालेको राजनीतिक कदमको संवैधानिक निरुपण हुँदा मुलुक अप्ठयारो अवस्थामा पुगेको जिकिर गर्दै उनले यद्यपि सरकारले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाएको बताए । “नसोचेको घटनामा मुलुक फसेको छ, यसबाट मुलुकले निक...
सूर्य चिन्ह कस्को ? मन्त्री श्रेष्ठ भन्छन्- ओली पक्ष वैधानिक भएकाले हामीले नै पाउँछौँ

सूर्य चिन्ह कस्को ? मन्त्री श्रेष्ठ भन्छन्- ओली पक्ष वैधानिक भएकाले हामीले नै पाउँछौँ

मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस १६ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले नेकपा माओवादी केन्द्रसंगको एकता नफापेको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं क्षेत्र नं ९ ले बिहीबार गरेको अगुवा कार्यकता भेलामा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । पार्टी एकताले आफ्ना राजनीतिक गतिविधिहरुलाई ‘पेण्डुलम’ बनाएको उनले बताए । उनले पार्टी एकताले पार्टीका राजनीतिक गतिविधि जाम भएको उल्लेख गर्दै अब भने राजनीतिक गतिविधिमाथि कसैले अंकुश लगाउन नसक्ने बताए । नेकपा ओली पक्ष वैधानिक भएको दाबी गर्दै मन्त्री श्रेष्ठले सूर्य चिन्ह आफ्नो समूहले पाउने जिकिर गरे ।मन्त्री श्रेष्ठले प्रचण्ड(माधव नेपालले सूर्य चिन्ह पाएको खण्डमा भीम रावल र नारायणकाजी श्रेष्ठले सो चुनाव लडन नपाउने जिकिर गरे । मन्त्री श्रेष्ठले आफ्नो घरमा बसेका डेरावालले घरवेटीलाई निकाल्ने कुरा युक्तिसंगत नभएको बताउदै...