Friday, April 26
Shadow

Tag: सभामुख सापकोटा

जनता र संविधानवादको जीत भएको छ : सभामुख सापकोटा

जनता र संविधानवादको जीत भएको छ : सभामुख सापकोटा

मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन ११ । सभामुख अग्निप्रसाद सापकोटाले जनता र संविधानवादको जीत भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा प्रतिक्रिया दिँदै उनले सर्वोच्चको फैसलाले संविधानवादको जित भएको बताएका हुन् । पुस ५ गतेदेखि आजको दिनसम्म बहसको बीचबाट यसले संविधानको रक्षा मात्रै नभई विकास र सम्मृद्धि गर्नुका साथै कार्यान्वयन गर्नका लागि आधार खडा गरेको उनको भनाइ छ । उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसलाले राज्यका महत्वपूर्ण अंगहरुको शक्ति पृथकीकरण र भूमिकाको बारेमा पनि स्पष्ट मार्ग निर्देश गरेको बताएका छन् ।  ...
सभामुख सापकोटा र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

सभामुख सापकोटा र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस १४। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता गरेको छ । सभामुखको निवास लैनचौरमा भएको भेटमा नेपाल र चीनको द्विपक्षीय हित र चासोका विविध आयामका बारेमा छलफल भएको सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो । सभामुख सापकोटालाई उपमन्त्री क्वो ये चौले चिनियाँ नेशनल कांग्रेसका प्रमुखले पठाउनुभएको सन्देश हस्तान्तरण गर्नुहुँदै आगामी दिनमा दुई देशको संसद्बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनुभएको थियो । सभामुख सापकोटाले दुई देशबीचको जनस्तरकोे सम्बन्धलाई बढावा दिन जनप्रतिनिधिमूलक संस्थाको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसका लागि आफ्नोतर्फबाट सदैव तयार रहेको बताउनुभएको थियो । कोरोनाको प्रभाव कम हुने बित्तिकै एक अर्का देशमा भ्र...
संसद विघटन हुन सक्दैन: सभामुख सापकोटा

संसद विघटन हुन सक्दैन: सभामुख सापकोटा

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस ८ । सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटन हुन नसक्ने बताएका छन् । बुधबार विज्ञप्‍ति जारी गर्दै उनले संविधानको धारा ७६ अनुसार प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म विघटन नहुने स्पष्ट व्यवस्था गरिएको बताए । यस विषयमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको उनले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो । विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ ।’ सभामुख सापकोटाले संविधानको रक्षाका लागि राजनीत...