Friday, March 29
Shadow

Tag: सिनेमा हल

चैतदेखि बन्द रहेका सिनेमा हल आजदेखि खुल्दै

चैतदेखि बन्द रहेका सिनेमा हल आजदेखि खुल्दै

मनोरञ्जन, मुख्य समाचार
काठमाण्डौ, पुस १० । बन्द रहेका देशभरका सिनेमा हल आज शुक्रबारबाट खुल्ने भएका छन्। कोरोना सङ्क्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द सिनेमा हल आजदेखि खुल्ने भएका हुन् । व्यापार व्यवसाय, विद्यालय, कलकारखाना, यातायात खुले पनि सिनेमा हल खुलाउन सरकारले चासो नदिएको भन्दै हल सञ्चालक आफैँले आजदेखि खुलाउन लागेका हुन् । आफैं हल खोलेर सरकारको ध्यानाकर्षण गराउन लागेको नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताए । प्रधानका अनुसार विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशन तथा स्वास्थ्य मापदण्डअनुसार नै सिनेमा हल खुल्नेछन् । हलमा छिर्ने बेला भीडभाड हुन नदिने, स्यानिटाइजरको प्रयोग गराउने, माक्सबिना हलभित्र जान नदिने र दुई दर्शकबीचको सिट खाली राखेर सञ्चालन गर्ने तयारी छ । नेपाल हल संघको निगरानीमा स्वास्थ्य मापदण्ड पालन भए नभएको पनि अनुगमन गर्ने प्रधानले बताए । सकेसम्म हलको पूरा टिकटमध...