Friday, April 26
Shadow

Tag: bom bisfot

कार बम विस्फोट हुँदा ४ चिकित्सकको मृत्यु

कार बम विस्फोट हुँदा ४ चिकित्सकको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस ७ । विस्फोट हुँदा ४ चिकित्सकको मृत्यु भएको छ । अफगानिस्तानको राजधानी काबुुलमा मंगलबार गराइएको कार बम विस्फोटमा कम्तीमा ५ जनाको मृत्यु भएको हो । घटनामा ज्यान गुमाउनेमध्ये ४ जना चिकित्सक भएको अधिकारीहरुले बताएका छन् । विस्फोटमा दुई जना घाइते भएका छन् । प्रहरी प्रवक्ता फरदावस फरामान्जकाअनुसार काबुुल पुलिसका डाक्टरहरुको टोली काबुुलको पूर्वमा रहेको पुुल–ए चारखी कारागार जाने क्रममा बम विस्फोट भएको हो । उक्त कारागारमा सयौं तालिवान लडाकुहरुलाई राखिएको छ । चिकित्सकहरु चढेको कारमा बम जडान गरिएको प्रहरीको दाबी छ ।   यद्यपि, विद्रोहीहरुले चिकित्सकलाई लक्षित गरी बम विस्फोट गराइएकाबारे यकिन भइसकेको छैन । घटनाको हालसम्म कुनै समूहले पनि जिम्मेवारी लिइसकेको छैन । विस्फोटका कारण घटनास्थल नजिकैका भवन तथा पसलहरुमा सामान्य क्षति पुुगेको जनाइएको छ । अफगानिस्तानका विभिन्न स्थानमा ...