एच.के.धितालको पाँच मुक्तक
मुक्तक:-१
अहिले अधिकांश  जनता कुनै न कुनै मारमा छ्न
देशको चौतर्फी बिकास गर्न कोहि सरकारमा छन
देशको बिकास गर्न ल्याउन त  ल्यायौ रेल योजना
त्यही रेल चढ्नु पर्ने कतिपय साउदी कतारमा छन
मुक्तक:-२
बेईमानलाई  पनि  अन्तमा ईमान्दार  चाहिदो रैछ
यो पक्कै मरेको हो भन्न कुनै आधार  चाहिदो रैछ
यहाँ आफन्त छ्न भनेर कसरी भन्न  सकियो र खै
लास भै सकेपछी पनि गाड्न सरकार चाहिदो रैछ
मुक्तक:-३
ठाउँको  ठाउँ  मै  पेट्रोल आउँछ तेल आउँछ
आए आउँछ नआए कमिशन्को खेल आउँछ
एउटा  मान्छे  हतारमा थियो  मैले भनी दिए
केही  बर्ष  पर्ख  बाबू  नेपालमा  रेल आउँछ
मुक्तक:-४
ओकलेर  समृद्धिको  आधार  अर्थ  न बर्थ
बोकाएर बिदेशि ऋणको भार  अर्थ न बर्थ
शुक्रवारको  काम  नै  सकिएको हुदैन यहाँ
आईतबार बिदा दिन्छ सरकार अर्थ न बर्थ
मुक्तक:-५
जनता प्रती  सरकारको आधार कस्तो लाग्छ ?
घर घरमा  दिएको त्यो  उपहार  कस्तो लाग्छ ?
जनताले  जनताको लागि चुनेको यो सरकार
जनताकै काँधमा महङ्गिको भार कस्तो लाग्छ?
टोखा न.पा.वार्ड नं १,झोर
एच.के.धितालको पाँच मुक्तक
- -इ
- इ
- इ+

 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                            